आइतवार, अशोज ३, २०७८

आज शक्तिपीठको खटजात्रा सहित काठमाडौंमा स्थानीय पाहाँचह्रे पर्व मनाइदै

फाइल फोटो

काठमाडौं चैत २१, आजबाट काठमाडौंमा नेवार समुदायले मनाउँने एक ऐतिहासिक पर्व अर्थात १ पाहाँचह्रे शक्तिपीठबाट निकालिएका देवीदेवताको खटजात्रा बाजागाजासहित हर्षोल्लासपूर्वक ३ दिनसम्म मनाइन्छ ।

प्रस्तुत पर्व अन्र्तगत पहिलो दिनबाट पाहुनालाई स्वागत सत्कार गरी यो पर्व सुरु गरिन्छ भने त्यस्तै यसैदिनदेखि विभिन्न शक्तिपीठका देवीदेवतालाई खटमा राखी जात्रा आरम्भ गर्ने गरिन्छ यसक्रममा साँझ घरघरमा खाल्डोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गरिन्छ । यस पर्वमा घर घरमा विभिन्न परम्परागत परिकार बनाइ खाने गरिन्छ ।

त्यस्तै आज कामपा वडा न.१९ स्थित कंकेश्वरीदेवी लगायत शक्तिपीठबाट निकालिएका देवीदेवता स्वेतकाली, लुमधि अजिमा र तेबहाल अजिमाको खटजात्रा गर्ने गरिन्छ । का विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको छ ।

 त्यस्तै पर्वको दोस्रो दिन टुँडीखेलमा घोडेजात्रा गर्ने गरिन्छ भने टोलटोलमा २ वर्षसम्मका बालबालिकालाई मरःजा अर्थात् शुद्ध भात खुवाइने प्रचलन रहिआएको छ । साथै कामपा वडा न १९ स्थित कंकेश्वरी मन्दिर परिसरमा पाहाँचर्‍हे लिङगो समेत उठाइन्छ ।

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु