आइतवार, माघ ४, २०७७

आजबाट देशभर कक्षा १२ को परीक्षा शुरु

काठमाडौं बैशाख १५ ,  राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ ।
आज बिहान ७ बजेबाट देशभरका एक हजार १०७ परीक्षा केन्द्रहरूमा शान्तिपूर्ण रूपमा चार लाख २८ हजार ५२ परीक्षाथी परीक्षा दिदै गरेका बोर्डले जनाएको छ ।
बैशाख २६ गते सम्म जारी रहने प्रस्तुत परीक्षामा  परीक्षामा सबभन्दा कम मनाङ जिल्लाबाट ५९ र सबभन्दा धेरै काठमाडौँ जिल्लाबाट ६२ हजार ५८८ परीक्षार्थीको सहभागिता रहेको जनाउँदै कारागार वा बाल सुधार गृहमा रहेका परीक्षार्थी र श्रवणशक्ति दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको बताएको छ ।

त्यस्तै बोर्डले परीक्षामा प्रश्नपत्रमा समस्या आए वा प्रश्नपत्र गलत भए तत्काल केन्द्राध्यक्षसँग सूचना पुग्ने गरी एकैचोटी (बल्क) एसएमएसको व्यवस्था गरेको जानारी दिदै  परीक्षामा अनियमितता गरेको पाइए जिल्ला परीक्षा समन्वय समितिले तत्काल केन्द्राध्यक्ष परिवर्तन गर्न सक्ने अधिकार समेत प्रत्यायोजित गरेको जानकारी दिदै परीक्षामा अमर्यादित काम गर्र्नेे व्यक्तिलाई छ महीना कैद र रु एक लाख जरिवाना गर्न सक्ने व्यवस्था रहेको पनिकावोर्डले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु