बुधबार, बैशाख १२, २०८१

समुदाय–प्रहरी साझेदारी’ घरदैलो अभियान प्रभावकारी हुने प्रमुख गिरीको विस्वास

काठमाडौ चैत १३ , समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गरी शान्तिसुरक्षा कायम गर्ने लक्ष्य अनुरुपको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्र्तगत नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त थानकोट र चन्द्रागिरि नगरपालिकाको संयुक्त आयोजनामा चन्द्रागिरिमा ‘घरदैलो’ कार्यक्रम शुरु गरिएको छ ।

कार्यक्रमको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले साझा घरमा स्टिकर टाँसेर शुभारम्भ गर्दै शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि यसकिसिमको अभियान प्रभावकारी विस्वास व्यक्त गर्नु भएको छ ।
त्यस्तै महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, कुमारविक्रम थापाले अपराधमुक्त समाज निर्माण गर्न स्थानीय प्रहरीको नम्बर घरघरमा टाँस्ने उद्देश्यले कार्यक्रमको शुरुआत गरिएको जानकारी दिदै समाजमा घट्ने कुनैपनि घटनाको तत्काल प्रहरीलाइ फोन गर्न कार्यक्रमबाट सहयोग पुग्ने अपेक्षा गर्नु भएको छ ।

त्यस्तै कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका सूचना अधिकारी हरिभक्त महर्जनलगायतले नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध हुुनुपर्नेमा जोड दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।