शुक्रबार, चैत्र १६, २०८०

जिल्ला वन कार्यालयका भ्रष्टाचारी कर्मचारीत्रय विरुद्ध मुद्दा दायर

काठमाडौ चैत ११,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय जग्गा धनी तथा जडीबुटीका ठेकेदारहरुसँगको मिली मोटोमा रकम लेनदेन गरी निजी हकभोगको जग्गाबाट जडीबुटी संकलन गरेको भनी नक्कली कागजात बनाउँदै रु एक करोड ४८ लाख ७९ हजार ६८० बराबरको भ्रष्टाचार गरेको अभियोगमा जिल्ला वन कार्यालय डोल्पाका कर्मचारीत्रय विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्दारा जारी विज्ञप्तिमा डोल्पाका तत्कालीन वन अधिकृत रामविचारी ठाकुर, फरेस्टरद्वय रुद्रबहादुर बुढा र भीमबहादुर बुढाले सामुदायिक वन तथा राष्ट्रिय वनबाट संकलन भएको १,८५,९९६ किलोग्राम जटामसी जिल्ला बाहिर लैजान रु एक करोड ४८ लाख ७९ हजार ६८० को छोडपुर्जी दिई, आफैं मुचुल्काहरु र प्रतिवेदन तयार गरी सरकारी सम्पत्तिको बदनियतसाथ हिनामिना हानि नोक्सानी गर्दै आफू र अन्य व्यक्तिलाई गैरकानूनी लाभ पुर्‍याउँदै भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको जनाईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।