बिहिबार, चैत्र १५, २०८०

सिडिएससीओको एलर्ट प्रतिवेदन : नेपाली औषधि बजारमा कुराले च्यूरा भिजाउँने माफिया चलखेल

  • आधिकारिक च्यानलमार्फत वा दर्ता नभएका कुनै माध्यमबाट उपभोक्ताको स्वास्थ्यमाथि खेलवाद गर्दै विना इजाजतका त्यस्ता औषधि पैठारी भएको भेटिएमा त्यस्ताउपर औषधि ऐन अनुसार निर्मम कारवाही हुने विभागका महानिर्देशक ढकालको चेतावनी

  •  डब्लुएचओ जिएमपीको मापदन्ड नभएको अवस्थाका कुनैपनि प्रडक्ट नविकरण संभव छैन

श्रीजन झा / काठमाडौं चैत १०, मानव स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने औषधिको सवालमा विश्व बजारको खुला मान्यताविपरित अझ भनौ पक्ष पोषण सहित स्वतन्त्र खुला व्यापार एवम् पूर्ण प्रतिस्पर्धात्मक बजारको मान्यता विपरित वस्तु तथा सेवा रोज्न पाउँने संविधान प्रदत नेपाली जनताको मौलिक हक विपरित आत्मार्निभर भइसकेको औषधिको आयात माथिको निषेध केन्द्रीत बहसले यो वा त्यो कोणबाट राजधानी देखि दुरदराजसम्म पाउँदै गरेको चर्चा तार्किक निष्कर्षमा नपुग्दै औषधिको साम्राज्यमा नयाँ कम्पनको सिर्जना भएकोे छ ।

नेपाली औषधिको बजारमा परिणात्मकरुपमा ठूलो हिस्सा ओगट्दै आइरहेको विभिन्न भारतीय कम्पनी द्दारा उत्पादित औषधिको नियमन गर्ने निकाय सेन्ट्रल ड्रग स्ट्यान्डर्ड एण्ड कन्ट्रोल अर्गानाइजेशन (CDSCO) ले आफ्नो मासिक रुटिङ अनुरुप उत्पादित औषधि फर्माकोपिया अर्थात औषधि सम्बन्धी ग्रन्थमा उल्लेख मापदण्द विपरित भएको भन्दै आफ्नो वेवपेज मार्फत सामान्य देखि गम्भीर प्रकृतिको मानव रोग निवारणको लागि प्रयोग गरिने ३७ वटा कम्पनीको उत्पादित औषधिको विषयमा सार्वजनिक गरेको प्रतिवेदनसंगै नेपाली औषधी बजारमा आंतक सहितको नयाँ तरङ सिर्जना गरेको हो ।

यहाँसम्मकी अस्पतालका वेडमा ति कम्पनीद्दारा उत्पादित औषधि सेवन गर्दै आफ्नो स्वास्थ्य लाभको पर्खाइमा रहेको विरामी मात्र नभएर समग्रमा सवै नेपालीको स्वास्थ्यमा गम्भीर एवम् घातक प्रहार भइरहेको भन्ने जस्ता भान सिर्जना हुने गरि नेपाली औषधि बजारमा प्रवाह भएको समाचार र समाचारमा अन्तनिनिहित विषयवस्तु प्रति जो कोहिको पनि ध्यानाकर्षण हुनु स्वभाविक हो ।

  जसरी प्रस्तुत एलर्टलाइ नेपाली औषधि बजारमा कुराले च्यूरा भिजाउँने प्रयास अनुरुप कुत्शित आशय लिदै प्रत्यक्ष वा परोक्ष रुपमा माफिया चलखेल भएको भन्ने विभाग सम्वद्ध  समाचार स्रोतको दावी   र प्रतिवेदनमा उल्लेख भएका विषयवस्तुलाइ समाचारमा  प्रस्तुत  गरिएको शैलीका  कारण  नेपाली जनमानसमा देखिएको औषधि आतंकलाइ दृष्टिगत गर्दै नेपालका औषधि सम्बन्धी नियमन गर्ने राज्य मातहतका एकमात्र निकाय औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालसंग हामीले भारतस्थित विभिन्न औषधि कम्पनीद्दारा उत्पादित औषधि गुणस्तरहिन भएको भन्दै भारतीय नियमक निकायले ति औषधि तत्काल फिर्ता लिन जारी गरेको सतर्कतासंगै प्रतिवेदनमा सूचीकृत कतिपय कम्पनीका उल्लेख्य औषधि नेपाली बजारमा निर्वादरुपमा पैठारी भएको भन्ने चर्चाको आधिकारिकता पुष्टिको लागि जनजनले बुझ्ने भाषामा प्रतिक्रिया माग गर्दै  यसवीचमा हुँदै गरेको पहलकदमी केन्द्रीत संवादको क्रममा महानिर्देशक ढकालले भने–

भारतीय कम्पनी द्दारा उत्पादित औषधिको नियमन गर्ने निकाय सेन्ट्रल ड्रग स्ट्यान्डर्ड एण्ड कन्ट्रोल अर्गानाइजेशनले सार्वजनिक गरेको ३७ वटा कम्पनीको सूची मध्ये विभागममा क्रमस लार्क ल्याबोरेटरीज लिमिटेड इण्डिया , बाल फर्मा लिमिटेड , हिन्दुस्तान मेडिसिन.प्रालि , ग्राक्योर फर्मास्युटिकल्स लिमिटेड , इण्ड स्विफ्ट लिमिटेड, फ्रेसेनिउस कवी अंन्कोलोजि लिमिटेड र अल्बर्ट डेविड लिमिटेड गरि विभागमा जम्मा ७ वटा भारतीय औषधि कम्पनी दर्ता रहेको र त्यस मध्ये कतिपय कम्पनीको सूचीमा उल्लेख भएको प्रडक्ट विभागमा दर्तानै नभएको बताए ।
साथै महानिर्देशक ढकालले प्रस्ततु कम्पनीको नेपाली बजारमा आधिकारिक एजेन्ट वा औषधि जगतको चलनचल्ती भाषामा सुपर भनिने कम्पनी क्रमस आशु ड्रग प्राली विरगञ्ज, हाम्रो मेडि कन्र्सन काठमाडौं , मिन्को फर्मा लिंक प्राली काठमाडौ , ब्लु ओसियन हेल्थकेयर प्रालि काठमाडौ , सिजल फर्मा काठमाडौ ,यती फर्माकेम डिष्टिव्यसर्टस प्रालि काठमाडौ र शुभम औषधि काठमाडौ रहेको बताए ।

साथै उहाँले दिदै विभागमा एलर्ट प्रतिवेदनमा उल्लेख भएको लार्कको प्रडक्ट लार्किन रजिष्टर्ड नभएको त्यस्तै गरि बाल फर्माको पनि सूची अनुरुपको प्रडक्ट दर्ता नभएको बताए । त्यस्तैगरि हिन्दुस्तान मेडिसिनको प्रडक्ट दर्ता रहेको भएपनि कम्पनीले डब्लुएचओ जिमएमपी अनुरुपका मापदण्द पूरा नगरेका कारण कम्पनीको कुनैपनि प्रडक्टको रिनो फेल रहेको जानकारी दिनु भएको छ । त्यस्तैगरि ग्राक्योर फर्मास्युटिकल्स र इण्ड स्विफ्ट लिमिटेडको विभागमा सिडिएससीओको सार्वजनिक प्रतिवेदन सूचीमा उल्लेख भएको भन्दा फरक साइट दर्ता रहनुको अलावा सूची अनुरुपको प्रडक्ट व्राण्ड समेत विभागमा दर्ता नभएको बताउँनु भएको छ । त्यस्तैगरि फ्रेसेनिउस कवी अंन्कोलोजि लिमिटेडको प्रस्तुत ब्याच न नेपालमा पैठारी नभएको र अल्बर्ट डेविड लिमिटेडको सूची अनुरुप भन्दा फरकको प्रडक्ट र कम्पनी दुवै दर्ता रहेको बताए ।

यी हुन औषधि व्यवस्था विभागमा दर्ता रहेका भारतीय कम्पनी र कम्पनीका उत्पादन र आयातकर्ताको सूची:

त्यस्तै संवादको क्रममा निर्देशक ढकालले विभागले पनि नेपालमा उत्पादित होस वा वाहिरी देशमा उत्पादन भइ नेपाल पैठारी हुने गरेको औषधिको गुणस्तर परीक्षणको लागि जोखिममा आधारित नमुना संकलन गरि गुणस्तरियता परीक्षण गर्ने गरेको र परीक्षणको क्रममा औषधि ग्रन्थमा उल्लेख भएको मापदन्द अनुरुप नभएको अवस्थामा नागरिकको स्वास्थ्यप्रतिको राज्यको साझा दायित्व अन्र्तगत त्यस्ता औषधिको विक्री वितरणमा विभागले रोक लगाउँदै तत्काल फिर्ता गर्न सूचना तथा निर्देशन जारी गर्ने गर्दछ । जुन भारतीय नियमक निकाय सिडिएससीओको प्रतिवेदन पनि यहि आशयको भएको  बताए ।

नेपालमा यसरी जारी हुन्छ एलर्ट : 

यद्यपी सिडिएससीओको प्रस्तुत प्रतिवेदनमा उल्लेखित औषधि र विभागमा रजिष्टर्ड भएका कम्पनी र कम्पनीको प्रडक्ट आधिकारिक माध्यमबाटनै नेपाल पैठारी हुन्छ । तर तपाइले भने जस्तो ठूलो परिणामा गुणस्तरहिन औषधि नेपाल पैठारी भएको छ भन्ने सवालमा प्रतिवेदन सार्वजनिक भएसंगै र त्यहि प्रतिवेदका आधारमा नेपाली पत्रपत्रिकामा आएका खवरलाइ दृष्टिगत गर्दै विभाग विभाग मातहतका ३ वटै संरचनाको परिचालन गर्दै हामीले छानविन सुरु गरिसकेको अवस्था छ । तर तपाई संग कुरा गर्दैगर्दाको समयसम्म त्यस्तो कुनै औषधि भेटिएको सूचना प्राप्त भइनसकेको बताए । यसवीचमा कथंम कदाचित दर्ता भएको आधिकारिक च्यानल मार्फत वा दर्ता नभएका कुनै माध्यमबाट उपभोक्ताको स्वास्थ्यमाथि खेलवाद गर्दै विना इजाजतका त्यस्ता औषधि पैठारी भएको भेटिएमा औषधि ऐन अनुसार निर्मम कारवाही हुने बताउनुभयो ।

विभागमा कतिपय कम्पनी दर्ता हुने तर प्रडक्ट दर्ता नहुँनु लाइसेन्स होल्डको प्रवृति त होइन भन्ने हाम्रो जिज्ञासामा महानिर्देशक ढकालले भने कम्पनी दर्ता र प्रडक्ट दर्ताको प्रक्रिया फरक फरक विषय भएको र कतिपयले कम्पनी दर्तापछि तोकिएको निश्चित विधि र प्रक्रिया अनुरुप प्रडक्ट दर्ता गर्ने जानकारी दिदै सिडिएससीओ प्रतिवेदन सूचीमा उल्लेख भएका औषधि कम्पनी उत्पादित प्रडक्ट डब्लुएचओ जिएमपीको मापदन्ड नभएको अवस्थाका कुनैपनि प्रडक्ट नविकरण नहुने बताए ।  त्यस्तै उहाँले यसवीचमा पैठारी सिफारिसपत्र र लाइसेन्स र प्रडक्ट नविकरण नभएका वा रिकल भएका कुनैपनि औषधि नेपाल भित्रिएको अवस्थामा कारवाही हुने विषयमा निश्चिन्त हुन आग्रह गरे ।

स्मरण रहोस विभागको यो प्रष्टोक्तिको हामी निरन्तर निगरानीम रहेका छौ । साथै प्रस्तुत कम्पनीका नेपालस्थित आधिकारिक एजेन्टका सम्बन्धमा रिपोटिङ गर्ने क्रममा विभागस्थित हाम्रा समाचारस्रोतबाट नयाँ समाचारमा थप प्रमाण हाम्रो न्यूजटिमलाइ प्राप्त भएको र सोको प्रमाणिकता परीक्षण पछि क्रमस प्रकाशन  गर्दै जाने जानकारी गराउँदै अन्तत पछिल्लो समय यो वा त्यो आरोपबाट लान्छित हुँदै आएको औषधि व्यवस्था विभागले यसपटक सुक्ष्म नियमका साथै गुणस्तरहिन औषधि आयात भएकोे अवस्थामा त्यस्ता आयातकर्ता माथि कारवाही सहित औषधिको मुल्यमा एक रुपताको लागि पहलकदमी लिदै विभागलाइ अभाव दवाव र प्रभावबाट मुक्त गर्नुपर्छ भन्ने अभिव्यक्तिका साथ विभाग र विभागका जिम्मेवार अधिकारीको भूमिका जनजनले नियालिरहेको पक्षको हेक्का रहोस ।   (-वार्तामा आधारित ) 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।