बिहिबार, बैशाख ६, २०८१

१२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको मिति सार्वजनिक

काठमाडौं  फागुन २२,   नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले १२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको मिति सार्वजनिक गरेको छ ।  संघले आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आगामी असार ६ र ७ गतेका लागि प्रस्तुत प्रतियोगिताको आयोजना हुने जनाएको हो ।

त्यस्तै विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स महासंघका महासचिव एवं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स महासंघका अध्यक्ष दातुक पाउल चुआ र एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स महासंघका महासचिव चेतन पाथरेले १२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको ब्यानर समेत अनावरण गरिएको पत्रकार सम्मेलनमा प्रतियोगितामा शारीरिक सुगठन विधाअन्तर्गत्का ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र सो भन्दामाथि प्रतिस्पर्धा गराइने संघले जानकारी दिएको छ । त्यस्तै प्रसतु प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान, माल्दिभ्स, अफगानिस्तान, पाकिस्तान र श्रीलंकाका करिब १५० खेलाडीले प्रतियोगितामा भाग लिने जानकारी दिईएको छ ।

साथै प्रस्तुत प्रतियोगितामा पुरुष फिटनेस १७० सीएमसम्म र १७० सीएमभन्दामाथि उचाइ तथा महिलातर्फ १६५ सीएम र १६५ सीएमभन्दामाथिको उचाइ समूह गरी १३ विधामा खेलाडीहरुले प्रतिस्पर्धा गराइने जानकारी दिदै संघका अध्यक्ष राजेश वावु श्रेष्ठले आसन्न प्रतियोगितकाका लागि नेपाली खेलाडीको छनोटका लागि वैशाखमा हुने ७औं मिस्टर हिमालय प्रतियोगिताका विजेताहरुबाट गरिने बताउँनु भएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।