बिहिबार, बैशाख १३, २०८१

७८ लाख घुस प्रकरणमा आयोगका तत्कालीन आयुक्त पाठकविरुद्ध मुद्दा दायर

 काठमाडौं चैत १२,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार अभियोगको मुद्दा दायर गरिएको छ ।

आयोगका अनुसार पदको दुरुपयोग गरी   इञ्जिनीयरिङ कलेजको विवाद मिलाउने भनी रु ७८ लाख घुस लिएको प्रकरण सार्वजनिक भएसंगै तत्कालीन आयुक्त पाठक विवादमा तानिएको  हो ।

आयोगका प्रवक्ता प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख भएअनुसार भक्तपुर जिल्ला, चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्त्व विवादका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको विचाराधीन उजुरी  मिलाई दिने भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राज नारायण पाठकले  कलेजका सञ्‍चालक लम्बोदर कुमार न्यौपानेबाट ७८ लाख रिसवत लिएको भनी संचार माध्यमहरुमा प्रकाशित समाचारलाई उजुरीका रुपमा दर्ता गरी अनुसन्धान गर्नेक्रममा आयोगलाई प्राप्त श्रव्य दृश्य सामग्रीहरुबाट समेत पुष्टि भएको देखिंदा उक्त कार्यमा संलग्न तत्कालीन आयुक्त पाठक  र कलेजका सञ्‍चालक लम्बोदर कुमार न्यौपाने विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै प्रस्तुत प्रकरणसँग जोडिएका राज नारायण पाठकका भाइ शुभ नारायण पाठकले रिसवत लिएको भनिएको रु १५ लाख नेपाल इन्जिनियरिंग कलेजसंग सम्वन्धित नरहेकोले निजले रिसवत लिएको भनिएको उक्त रु १५ लाख नयाँ कलेज सम्वन्धनका लागि लिएको भन्ने सम्वन्धमा आयोगले छुट्टै थप अनुसन्धान गर्ने निर्णय समेत भइको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।