बिहिबार, बैशाख १३, २०८१

स्थापना दिवसको अवसरमा महासङ्घले आफ्ना पूर्वपदाधिकारीलाई सम्मान गर्ने

काठमाडौं चैत ११ , नेपाल पत्रकार महासङ्घले आफ्नो स्थापनाको ६४औँ वर्ष प्रवेशका अवसरमा २० पूर्वपदाधिकारीलाई सम्मान गर्ने भएको छ ।महासङ्घका सचिव रामप्रसाद दाहालद्दारा आज जारी विज्ञप्तिमा स्थापना दिवसलाई महासङ्घले विविध कार्यक्रमसहित यही चैत १३ देखि १६ गतेसम्म चार दिन देशभर मनाउने सम्बन्धमा गरेको निर्णय अनुरुप  महासङ्घ बने यता उपसभापति, उपाध्यक्ष र महासचिव पदमा रही विशिष्ट योगदान पु-याउनुहुने पूर्वपदाधिकारीलाई सम्मान गर्ने परम्परा बनेको र यससै परम्पराको निरन्तरता अनुरुप प्रस्तुत सम्मान कार्यक्रमको आयोजना गरिन लागेको उल्लेख गरिएको छ।

त्यस्तै यसरी सम्मानित हुने पूर्वउपसभापतिहरुमा राधा बुढाथोकी, चित्राङ्ग थापा, कर्णदेव भट्ट, ईश्वरचन्द्र गौतम, हेमन्त कर्माचार्य, तेजबहादुर भण्डारी, यज्ञ शर्मा, गोपाल बुढाथोकी, कृष्णप्रसाद बस्याल राकेश, डीआर पन्त, उमिद बागचन्द, गङ्गाधर पराजुली र सञ्जय सन्तोषी राई हुनुहुन्छ । यस्तै पुर्वउपाध्यक्षहरु यशोदा तिम्सिना, खिलबहादुर भण्डारी र अनिता बिन्दुलाई सम्मान गरिने महासङ्ले जनाएको छ । सम्मानति हुने पूर्वमहासचिवहरुमा चन्द्र भण्डारी, पोषण केसी, ओम शर्मा र उजिर मगर रहनुभएको छ । उहाँहरुलाई यही चैत १६ गते आयोजना गरिने कार्यक्रममा सम्मान गरिने विज्ञप्तिमा जनाईएको छ

त्यस्तै विज्ञप्तिमा महासङ्घले स्थापना दिवसका अवसरमा चैत १३ र १४ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता तथा १५ गते जोखिमपूर्ण अवस्थाको रिपोर्टिङ अनुभव प्रस्तुतीकरण कार्यक्रमको समेत आयोजना गरेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।