बुधबार, बैशाख १२, २०८१

स्थानीय तहलाई २४ घण्टा बारुणयन्त्रको व्यवस्था गर्न मन्त्रालयको छबुँदे निर्देशन

काठमाडौ चैत ७ , सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई हावाहुरीको मौसम शुरु भइसकेकाले २४ घण्टा बारुणयन्त्रको व्यवस्था गर्न छबुँदे निर्देशन निर्देशन जारी गरेको छ ।

चैत र वैशाखमा लाग्ने हावाहुरी कारण आगलागी र यसबाट हुनसक्ने भौतिक र जीउधनको क्षति हुन सक्ने अवस्थालाइ दृष्टिगत गर्दै मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका शाखा अधिकृत रीनु थपलियाले आज जारी विज्ञप्तिमा उल्लेख भएअनुसार हावाहुरीको मौसम शुरु भइसकेकाले सबै स्थानीय तहलाई बारुणयन्त्र सञ्चालनको लागि चौबिसे घण्टा जनशक्तिको उचित व्यवस्थापन गरी तयारीको अवस्थामा राख्न आदेशानुसार निर्देशन दिइएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा हावाहुरीबाट बच्नका लागि बारुणयन्त्र मर्मतसम्भार गर्नुपर्ने अवस्था भए तत्काल मर्मतसम्भार गरी चालू अवस्थामा राख्न , आगलागी तथा डढेलोका घटना घटेको सूचना पाउनसाथ बारुणयन्त्र र जनशक्ति परिचालन गरी क्षति हुन नदिने तर्फ सजकता अपनाउन र

हावाहुरी आगलागी तथा डढेलोकोका कारण हुन सक्नेबारे स्थानीयमा जनचेतना जगाउँदै सजग गराउनुको अलावा स्थानीय विपद् व्यवस्थापन समिति, वडा विपद् व्यवस्थापन समिति, समुदाय, स्वयंसेवक, नागरिक समाज, निजी क्षेत्र र नागरिकलाई विपद् व्यवस्थापन सम्बन्धमा तयारी अवस्थामा राख्न स्थानीय तहलाई निर्देशन दिइएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।