बिहिबार, चैत्र १५, २०८०

साल्ट टेडिङ्गको ५२ औं वार्षिक साधारणसभा : शेयरधनीहरुलाई नगद लाभांश र २५ प्रतिशत बोनस शेयर

उपभोक्तालाई उच्च गुणस्तरको वस्तुहरु उचित मूल्यमा वर्षभरी उपलब्ध गराउन साल्ट टेडिङ्ग प्रतिवद्ध : प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ , संचालक समितिको अध्यक्षमा लक्ष्मीदास मानन्धर चयन

काठमाडौं चैत १२ , साल्ट टेडिङ्ग कर्पोरेशन लिमिटेडको सोमवार सम्पन्न ५२ औं वार्षिक साधारणसभाले आव २०७४।०७५ मा भएको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । आव २०७४।०७५ मा रु ९ अर्व ६९ करोडको कारोवार गर्न सफल भएसंगै  कर्पोरेशनले शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

त्यस्तै कर्पोरेशनको सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आव २०७४।०७५ मा रु। ९ अर्व ६९ करोडको कारोवार गर्न सफल हसनुको अलावा कर्पोरेशनले यस वर्षको सुरुको ७ महिनाको कारोवार तर्फ माघ मसान्तसम्म रु ४ अर्व ७९ करोड व्यावसायिक कारोवार गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजारका वावजुद पनि विश्वसनीय र गुणस्तरीय सेवा पु¥याउदै आएको जानकारी दिदै भविष्यमा थप सकारात्मक सुधार सहित अगाडि बढ्ने जनाउ दिनु भएको छ । साथै उहाँले साधारणसधामा व्यावसायिक मर्यादा कायम राख्दै र सामाजिक उत्तरदायित्वको मर्मलाई सम्मान गर्दै कर्पोरेशनले देशका आम नागरिक एवं उपभोक्ताहरुलाई उच्च गुणस्तरको वस्तुहरु उचित मूल्यमा वर्षभरी उपलब्ध गराउने तर्फ प्रतिवद्ध रही कार्य गरिरहेको जानकारी दिनु भएको छ ।

यसैवीच कर्पोरेशनको संचालक समितिको लागि भएको निर्वाचनबाट संचालक समिति सदस्यहरुमा क्रमस लक्ष्मीदास मानन्धर, प्रदिपलाल श्रेष्ठ, कल्याण गोविन्द श्रेष्ठ, किर्ती कुमार जोशी, अतुल मल्ल,अन्जन श्रेष्ठ र राजेन्द्रमान श्रेष्ठ संचालक समितिको सदस्यमा निर्वाचित भएका छन् । नवनिर्वाचित संचालक समितिले लक्ष्मीदास मानन्धरलाई अध्यक्षमा चयन गरेको गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।