शनिबार, बैशाख ८, २०८१

सामाजिक सञ्जाल बन्द गर्ने त्यस्ता कुनैपनि सूचना प्रकाशित नभएको मन्त्रालयको प्रष्टोक्ति

त्यस्ता भ्रमपूर्ण पोष्ट गर्नेहरुमाथि कारबाहीको प्रक्रिया शुरु गरिसकेको जनाउ

काठमाडौं फागुन १९,  केहि दिन यता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गर्ने भन्ने जस्ता भ्रामक सूचना मन्त्रालयको नामबाट प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयका सहचिव एवम प्रवक्ता ऋषिराम तिवारीले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सामाजिक सञ्जाल बन्द गर्ने त्यस्ता कुनैपनि सूचना प्रकाशित नभएको प्रष्टोक्ति सहित त्यस्ता भ्रमपूर्ण पोष्ट गर्नेहरुमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

साथै विज्ञप्तिमा त्यस्तो भ्रामक तथा गलत पोष्ट गर्नेहरुमाथि कारबाहीको प्रक्रिया शुरु गरिसकेको जनाउँदै भ्रमपूर्ण सूचना पोष्ट गर्ने, रिपोष्ट गर्ने तथा लाइक नगर्न र गरेको भए आफ्नो सामाजीक् सञ्जाल खाताबाट हटाउन सम्बन्धित सवैमा आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।