शनिबार, बैशाख ८, २०८१

सहमतिपत्रमा प्रयोग भएका शब्द उपर उठेको आशंका केवल भ्रम: गृहमन्त्री थापा

काठमाडौ फागुन २६ , प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र मधेशको नाममा नेपालको सार्वभौमसत्ता र अखण्डता र विभिन्न जातजाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्दै मुलुकको सार्वभौमसत्ता माथि प्रहार गर्दै राज्यद्रोह गरेको आरोपमा पटक पटक राज्यले पक्राउ गर्दै मुद्धा चलाएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त उर्फ सिके राउत र सरकारबीच भएको ११ बुँदे सहमतिका सावलमा गृहमन्त्री थापासंग प्रष्ट जानकारी माग गरेका छन ।

त्यस्तै बैठकमा सत्तापक्ष र प्रतिपक्षदलका सासंदले उठाएको प्रश्नको जवाफ दिदै गृहमन्त्री थापाले पछिल्लो समय मुुलुकका सामु चुनौतीका रुपमा रहेको विषयलाई सम्बोधन गर्दै सरकारले गरेको सहमतिलाई राष्ट्रघाती र संविधान विरोधीका रुपमा नहेर्न आग्रह गर्दै सहमतिपत्रको विभिन्न बुँदामा प्रयोग भएका शब्द उपर उठेको आशंका भ्रममात्र भएको बताउँनु भएको छ । साथै गृहमन्त्री थापाले सरकार र गठबन्धनबीच भएको सहमतिले देशको शान्ति सुरक्षालाई सुदृढ तुल्याउन महत्वपूर्ण हुने जिकिर गर्दै सहमतिले नेपालको सार्वभौम र अखण्डताको रक्षा गर्नुको अलावा किन्चितपनि हानी नगर्ने दावी गर्नु भएको छ ।

साथै उहाँले सहमतिपत्रमा उल्लेख जनअभिमतलाइ गठबन्धनका तर्फबाट जनमत सङ्ग्रह हो भन्ने कोणबाट भनाइ आएको अवस्थामा त्यो सहमति नभइ सहमति विपरीत र सरकार पुरानै ठाउँमा पुग्ने पक्षमा धुक्क हुन समेत संसदमा आग्रह गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।