काठमाडौं फागुन २६, स्वतन्त्र मधेशको नाममा नेपालको सार्वभौमसत्ता र अखण्डता र विभिन्न जातजाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्दै मुलुकको सार्वभौमसत्ता माथि प्रहार गर्दै राज्यद्रोह गरेको आरोपमा पटक पटक राज्यले पक्राउ गर्दै मुद्धा चलाएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त उर्फ सिके राउत र सरकारबीच भएको ११ बुँदे सहमतिको सवालमा अहिले चौतर्फी क्रियाप्रतिक्रिया आउँन थालेका छन ।
प्रस्तुत सहमतिका विषयमा विपक्षीदल राजनैतिक विश्लेषक मात्र नभएर सत्तारुढ दल नेकपाभित्र तीव्र असन्तोष देखिएको छ । सत्तारुढ दलका उच्चस्तरका नेताहरुलेनै सम्झौतामा प्रयोग गरिएको भाषा र राउतले सार्वजनिक मञ्जबाट दिएको अभिव्यक्तिसंगै आफ्नो सामाजीक सञ्जाल पेजमा राउतले सरकार जनमतसंग्रह गराउन तयार रहेको दाबी पोष्ट गर्दै दिएको अभिव्यक्तिप्रति उहाँहरुले विमति प्रकट गर्दै तत्काल सम्झौता सच्चाउँन समेत माग गरेका छन ।
यसक्रममा पार्टी प्रवक्ता समेत रहेका नारयणकाजी श्रेष्ठ, नेता वामदेव गौतम, भिम रावल लगायतका नेताले त खुलेरै सहमति हुने विषयमा नेकपाका एकाध नेताबाहेक कसैलाई पनि थाहा नदिनु राउत जेलबाट रिहा भएको भोलिपल्टै सरकारले उनीसँग ११ बुँदे सहमति गर्नु अनि सहमतिपत्रमा प्रयोग गरिएका शब्दआफैमा दोहरो अर्थ को हुनु जस्ता विषयलाइ लिएर सहमतिले मुलुकको अस्मितामाथि प्रहार गर्ने बताउँदै नियोजित परिपञ्च सहित सहमति भएको जिकिर सहति चेतावनीको भाषामा सरकार लक्षित प्रतिक्रिया जनाउले समस्याको गहिराइ आफैमा प्रष्ट भएको छ ।
जसकार कारण नेकपा स्थायी समिति सदस्य एवं पूर्वगृहमन्त्री भीम रावलले सरकार र राउतबीच भएको सहमतिलाई त्रुटिपूर्ण भन्दै त्यसलाई कुनैपनि हालतमा मान्न नसकिने बताउँदै संविधानसभामा स्वतन्त्र मधेसको विषय उठान हुँदा बारम्बार अस्वीकार गरेको सरकारले अहिले कसको स्वार्थमा त्यही मुद्दालाई स्थापित गर्न खोज्यो भन्दै प्रश्न समेत गरेका छन ।
यसरी सहमतिलाइ सत्तारुढदलका नेताहरुले नै हार्दिकता पूर्व लिन नसकेको अवस्थामा आम सर्व साधारणले कसरी सहज रुपमा लिन सक्छ यसतर्फ वेलैमा सचेत हुन आवश्यक रहेको छ । जुन सहमतिले राष्ट्रलाइ नोक्सानी गर्छ भने त्यस्तो सहमति नेपाली जनताले किमार्थ स्वीकार गर्न सक्दैन र भन्ने तर्फ सरकारलाइ चेतना हुनुपर्छ भन्ने हाम्रो बुझाइ रहेको छ । साथै सहमतिलाइ लिएर चौतर्फी सशंय अभिव्यक्त भइरहेको अवस्थामा सरकारले यसको प्रष्टिकरण दिनुपर्छ भन्ने जनजनको धारणा रहेको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- आज बैशाख १२: महाभूकम्पका कारण निमेषभरमै देश शोकमग्न भएको त्यो दिन
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान