शुक्रबार, चैत्र १६, २०८०

सरकार र डा राउतवीचको सहमतिले कुनै पनि बेला राष्ट्रघात गर्न सक्ने नेता रावलको चेतावनी

काठमाडौ फागुन २५,  सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले आफ्नो पार्टीको सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गर्नुभएको छ ।

आज राजधानीमा आयोजित एक साक्षात्कारमा आफ्नो अभिमत प्रस्तुत गर्दै नेता रावलले गठबन्धनका संयोजक डा सिके राउतले विगतमा देश टुक्र्याउने र राष्ट्र विखण्डन गर्नेजस्ता जुन अभिव्यक्ति दिएको  थियो , त्यस्ता अभिव्यक्तिलाइ सहमतिपत्रमा अभिव्यक्ति फिर्ता लिएँ भन्ने शब्द कहीँकतै प्रस्तुत नगरिनु र सहमतिमा सङ्गठनको नाम नै स्वतन्त्र मधेश राख्नु गलत भएको जिकिर गर्नु भएको छ ।

त्यस्तै गरि सहमतिपत्रमा स्वतन्त्र मधेश र जनमत सङ्ग्रहजस्ता आपत्तिजनक शब्दको प्रयोग भएको बताउँदै उहाँले यसको प्रष्ट जवापफ सरकारले दिनुपर्ने माग गर्दै नेकपाभित्र कुनै छलफल नै नगरी अपारदर्शी ढङ्गबाट सहमति गर्नुभएको भन्दै उहाँले सहमतिले कुनै पनि बेला राष्ट्रलाई आघात पुग्न सक्ने चृतावनी दिनु भएको छ ।

साथै उहाँले ततकल गहन छलफल सहित सहमतिपत्रलाई सच्याउनुपर्ने जिकिर गर्दै सहमति हुनु राम्रो हो तर यसरी गरिएको सहमतिले देशको अस्मितामा प्रभाव पर्न दिन नहुनेमा सचेत हुन पर्नेमाजोड दिनु भएको छ ।

स्मरण रहोस यसअभिनै नेकपा स्थायी कमिटी सदस्य भीम रावलले ट्वीटमार्फत् प्रस्तुत सहमतिको विरोध गर्दै ‘सहमति दुई देशबीच भएको सम्झौताको भाषामा किन गरियो र देश टुक्र्याउने घोषणाका सामग्रीहरु किन हटाइएन रु’ भन्दै प्रश्न गरेका थिए । 

त्यस्तै नेता रावलले सीके राउतले आफ्नो फेसबुक पेजमा ‘जनमतसंग्रह गराउन नेपाल सरकार सहमत भयो’ भनेर पोस्ट गर्नु र ।स्वतन्त्र मधेसका सबै मुद्दाहरु फिर्ता लिनपनि सरकार सहमत भयो भनेर लेख्नु निकै आपत्तिजनक हो । सरकारले यसको पनि जवाफ दिनुपर्ने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।