बिहिबार, चैत्र १५, २०८०

सरकारले राष्ट्रको नभएर दलभित्र गुटको मात्र पृष्ठपोषण गरेको राप्रपा संयुक्तको आरोप

सुर्खेत चैत ५,  राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर जबराले मुलुकमा भ्रष्टाचार विकेन्द्रीकरण भएको आरोप लगाउनुभएको छ । सु्र्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले विगतमा केन्द्रमा सीमित रहेको भ्रष्टाचारको संस्कृति अहिले गाउँसम्म पुगेको बताउनुभएको छ ।

त्यस्तै अध्यक्षद्वयले  संविधानले दिएको अधिकार प्रयोग गर्दै संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्र पूर्नस्थापना गर्न जनतामा जाने बताउँदै पत्रकार सम्मलेनमा संविधानमा मुलुकको लागि प्रतिकल रहेको दफा परिवर्तन हुनुपर्छ भन्ने संवैधानिक अधिकार प्रयोग गर्दैगर्दा प्रधानमन्त्रीले हामीलाई निमिट्यान्न पार्ने धम्की दिदै विप्लप समूहसँग एकै लहरमा राखेर प्रतिबन्ध लाउने धम्की दिएकोमा आक्रोश सहित सक्नहुन्छ भने कारवाही गरेर देखाउन चुनौति दिएका छन ।

त्यस्तै पत्रकार सम्मेलनमा अर्का अध्यक्ष लोहनीले देश भ्रष्टाचारको दलदलमा फसेको छ । विकास बजेट १५, २० प्रतिशत भन्दा बढी खर्च हुन सकेको छैन । राष्ट्रिय पूँजी र श्रोतमा सानो समूहको हालिमुहाली छ । सरकारले राष्ट्रको नभएर दलभित्र गुटको मात्र पृष्ठपोषण गर्दै कुशासन मात्र थोपरेको बताए ।

त्यस्तै एक फरक प्रसंगमा अध्यक्षद्वय राणा र लोहनीले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु ठिक नभएको जनाउ दिदै स्थानीय तह, प्रदेश र सङ्घीय सरकारलाई कर तिरेर जनताको ढाड सेकिएको बताउँदै सनातन हिन्दु राष्ट्रका साथै कुनै पनि दलसँग आवद्ध नभएको, सबैलाई स्वीकार्य हुने साझा संस्थाको रुपमा राजसंस्था पूर्नस्थापना गर्नुपर्दछ भन्ने राप्रपा संयुक्तकोे ठहर भएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।