शनिबार, बैशाख ८, २०८१

सत्तारुढदल नेकपाका प्रवक्ताको चिन्ता सहितको प्रश्न-  सहमति बिखण्डनकारी गतिविधि अन्त्यको लागि कि बिखण्डनवादलाई बैधानिकता दिन ?

काठमाडौं फागुन २७, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिको सवालमा अनेकन टिकाटिप्पणी भइरहेको अवस्थामा आफ्नो सामाजीक सञ्जाल अन्र्तगत ट्वीटर एकाउण्टबाट गम्भीर रुपमा ट्वीट अभिव्यक्ति दिदै  सार्वभौम मुलुकमा निर्वादरुपमा बिखण्डनकारी नारा घन्किएकोमा चिन्ता प्रकट गर्नुभएको छ ।

सहमतिको मसी नसुक्दै आइतबार सहमतिमा अभिव्यक्त भावना विपरित राउत जनकपुर पुग्दा उनका समर्थक तथा कार्यकर्ताले ‘फ्रि मधेस’ को झण्डासहित स्वागत गर्नु त्यस्तै ससंदमा गृहमन्त्रीले सहमतिपत्रमा उल्लेख भएको भावनामाथि यावत कोणबाट गरिएको आशंका भ्रममात्र भएको जिकिर गर्दै गर्दा सरकारको दावी आफैमा स्खलीत भएको आशय अभिव्यक्त गर्नु भएको छ

सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिप्रति विमति प्रकट गर्दै आउँनु भएका प्रवक्ता श्रेष्ठ आफ्नो ट्वीटमा आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको विरुद्ध खुलम्खुल्ला बिखण्डनकारी नारा र जुलुस कसरी र कि भइरहेको छ रु यो हद भयो, असह्य भयो । बिखण्डनकारी गतिविधिको अन्त्यको निम्ति सम्झौता कि बिखण्डनवादलाई बैधानिकता दिन भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तु। कदम चाल्नुपर्छ । गम्भीर बन्न आग्रह गर्नु भएको छ ।

त्यस्तै अर्को ट्वीटमा समृद्ध नेपाल बनाउने कि देशमाथि खेलवाड गर्ने भनेर प्रश्न गरेका छन् । उनले भनेका छन्, हाम्रो राजनीति देश, जनता, परिवर्तन, न्याय, सत्य र मुक्तिको निम्ति कि सत्ता–शक्ति, पद–प्रतिष्ठा–प्रचार र पैसा–सुविधाको निम्ति रु यतिबेला प्राप्त भएको अवसरलाई पक्रेर समृद्ध नयाँ नेपाल बनाउने कि देशमाथि खेलवाड गर्ने रु गम्भीर आत्मसमीक्षा गरौं । राजनीति सफा गरौं, देश बचाऔं, देश बनाऔं । भन्दै सहमतिको मसी नसुक्दै आइतबार सहमतिमा अभिव्यक्त भावना विपरित राउत जनकपुर पुग्दा उनका समर्थक तथा कार्यकर्ताले ‘फ्रि मधेस’ को झण्डासहित स्वागत गर्नु त्यस्तै ससंदमा गृहमन्त्रीले सहमतिपत्रमा उल्लेख भएको भावनामाथि यावत कोणबाट गरिएको आशंका भ्रममात्र भएको जिकिर गर्दै गर्दा सरकारको दावी आफैमा स्खलीत भएको आशय अभिव्यक्त गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।