शुक्रबार, बैशाख ७, २०८१

संविधानत मौलिकहक अन्र्तगत प्रत्याभूत उपभोक्ताका अधिकार जोखिममा : आयोग

काठमाडौ चैत १, राष्ट्रिय मानवअधिकार आयोगले विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा संविधानले मौलिक हक अन्र्तगत प्रत्याभूत गरिएको उपभोक्ताका अधिकार जोखिममा पर्नुको अलावा उपभोक्ताले आफ्ना हकअधिकार पूर्णरुपमा उपभोग गर्न नपाएको जनाएको छ ।

नेपालको संविधान २०७२ ले उपभोक्ता अधिकारलाई नेपालको मौलिकहकका रुपमा स्थापित गरी यसको प्रभावकारी कार्यान्वयनका लागि उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्था गरिए पनि उपभोक्ताले आफ्ना हकअधिकार उपभोग गर्न नपाएको आयोगको बुझाइ रहेको आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै आयोगका सचिव वेद भट्टराईले जारी गर्नु भएको विज्ञप्तिमा उपभोक्ता अधिकारको नियमनकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसक्दा उपभोक्ताले संविधानले नै प्रत्याभूत गरेको मौलिक हकका अन्र्तगतको उपभोक्ता अधिकार उपभोग गर्न नपाएको अनुगमनबाट देखिएको उल्लेख गरिएको छ ।  साथै जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने तथा म्याद गुज्रिएका उपभोग्य वस्तुको बेचबिखन र उपभोग तथा वातावरणीय प्रदूषण र हानिकारक पदार्थको नियन्त्रण, अनुगमन तथा नियमन हुँदै आएको भनिए पनि प्रभावकारी परिणाम आउनसकेको जिकिर गरिएको छ ।

यस्तै कृषिलगायतका खाद्यउपजको आपूर्ति तथा निकासी र मूल्य  निर्धारण प्रभावकारी हुन नसक्दा उत्पादकले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्यमा खरीद गर्नुपर्ने स्थिति विद्यमान रहेको त्यस्तै स्वास्थ्य सेवा तथा खाना पकाउने ग्यासको आपूर्तिजस्ता अत्यावश्यकीय सेवा तथा वस्तुको आपूर्ति अवरुद्ध हुँदासमेत सम्बन्धित निकायले जवाफदेहीपूर्ण ढङ्गबाट त्यस्ता सेवा तथा वस्तुको आपूर्तिमा प्रभावकारी पहल नहुनु राजमार्गका होटलमा अस्वस्थकर खाना र यात्रु ठगिने प्रवृत्तिले निरन्तरता पाइरहनु , बैंकले ऋणमा एकल निर्णयबाट ब्याज तोक्ने परिपाटी विद्यमान रहनु जस्ता बेथितीका कारण उपभोक्ता अधिकार हनन् हुँदा समेत हधिकारका उल्लङ्घनकर्तालाई कारवाहीको दायरामा ल्याउँन  नसकेको उल्लेख गर्दै संविधान, उपभोक्ता संरक्षण ऐनलगायत उपभोक्ताअधिकारका लागि विद्यमान नेपाल कानून र उपभोक्ता अधिकारको संरक्षणसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय मार्ग निर्देशिका समेतको प्रभावकारी कार्यान्वयन गरी उपभोक्ताको मानवअधिकारका संरक्षण र सम्वद्र्धन गर्न सरकार, व्यावसायिक क्षेत्र र सम्बन्धित सरोकारवाला समेतलाई विशेष आग्रह गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728