शनिबार, बैशाख ८, २०८१

संभावित दुर्घटनालाइ न्यूनिकरण गर्न ७७ स्थानमा ट्राफिक चेकजाँच

काठमाडौ चैत ६,  महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वक्रममा हुनेसक्ने संभावित दुर्घटनालाई दृष्टिगत गर्दै उपत्यकाका ७७ स्थानमा सुरक्षा विशेष जाँच गर्ने भएको छ । विगतको वर्षमा भएको दुर्घंटनालाइ ध्यान दिदै यस वर्ष यस किसिमको व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।

होली पर्वको नाममा मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा ओभरलोड गर्ने तिव्र गतिमा चलाउने, ठूलो आवाज निकालेर सवारी साधन चलाउनेलाई कारवाही गर्र्ने जस्ता विकृतिका कारण दुर्घटनाको प्रवल संभावना रहेका कारण यसको न्यूनिकरणको लागि यस किसिमको व्यवस्था गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

त्यस्तै महाशाखाले बिहान सातदेखि बेलुका सात बजेसम्म हुने चेकजाँचका लागि ५०० भन्दा बढी ट्राफिक प्रहरीको परिचालनसंगै १९ वटा मोबाइल टोली र ट्राफिक मोटरसाइकल समेत परिचालन गरिएको जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।