शुक्रबार, बैशाख १४, २०८१

शुभकामना सहित नेपाली युवा गल्फरद्दयको विदाइ

काठमाडौं चैत ३, फाल्डो सिरिज जुनियर गल्फ प्रतियोगिताको उपाधि जित्दै फाइनल चरणका लागि छनोट भएका नेपाली युवा गल्फर सुबास तामाङ र शुक्र बहादुर राई फाल्डो सिरिज एसियाको फाइनलमा प्रतिस्पर्धा गर्न भियतनाम प्रस्थान गरेका छन् ।

भियतनाम जाने टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले एक कार्यक्रमकावीच आज विदाइ गर्नु भएको हो ।

फाल्डो सिरिज एसियाको फाइनल भियतनामको लगुना लङ दानङ गल्फ कोर्षमा मार्च २० देखि २२ सम्म आयोजना हुनेछ। यसअघि यी खेलाडीद्दयले यस सिजन नेपालको प्रोफेसनल प्रतियोगिता सुर्य नेपाल गल्फ टुरको उपाधि समेत जितेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।