बिहिबार, चैत्र १५, २०८०

शनिबारदेखि देशको अधिकांश भूभागमा वर्षा र हिमपातको संभावना:मौसम पूर्वानुमान महाशाखा

काठमाडौ फागुन १७,  जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जनाएको छ ।  महाशाखाले शनिबारबाट पश्चिमी वायुसंगै जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको जनाउँदै आजबाट सुधारिएको मौसम भोलिदेखि फेरि प्रभावित हुनुको अलावा देशको अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको संभावना औल्याएको छ ।

त्यस्तै महाशाखाले शनिबार देशको पश्चिमी र मध्य भागमा सामान्य बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावनारहेको जनाउँनुको अलावा  आइतबार देशको पश्चिमी भागमा सामान्य बदली रही मध्य र पूर्वी क्षेत्रका एक– दुई स्थानमा हल्का वर्षाका सम्भावना रहेको बताएको छ। साथै महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ दशमवल ८ डिग्री र अधिकतम तापक्रम १६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएके जनाएके छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।