शुक्रबार, चैत्र १६, २०८०

शक्ति पृथकीकरणको सिद्धान्त विपरीत सरकारको केन्द्रीकृत शासनको सोच लोकतन्त्रको लागि घातक

 काठमाडौ चैत ११,  काङ्ग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारले शक्ति सन्तुलन र नियन्त्रण तथा शक्ति पृथकीकरणको सिद्धान्त विपरीत कार्यपालिकामा अधिकार केन्द्रीकृत गर्ने सच सहित राज���यका अन्य निकायलाई ओझेलमा पार्न खोजेको खोजेको आरोप लगाएको छ ।  बैठक पछि पत्रकारसंग कुरा गर्दै सरकारको प्रस्तुत रवैया लोकतन्त्रको लागि घातक रहेको बताउँदै सरकारको केन्द्रीकृत सोच कुनैपनि कोणबाट मान्य हुन नसक्ने बताउँनु भएको छ ।

त्यस्तै उहाँले सरकार सदन र जनताप्रति पूर्ण उत्तरदायित्व बन्दै केन्द्रको अधिकार प्रदेश र स्थानीयतहमा प्रत्यायोजित गर्दै जनतामा सुशासनको प्रत्याभूति दिलाउँनु पर्नेम कृन्द्रीय सरकार स्वयमले सवै अधिकार आफुमा निहित गर्दै अगाडि बढ्ने सोच बनाएको जिकिर गर्नु भएको छ ।

त्यस्तैगरि प्रमुख सचेतक खाणले मुलुकका विभिन्न भागमा महिला तथा बालबालिकामाथि हत्या, हिंसा र बलात्कारका घट्ना बढिरहेको भन्दै उहाँले काङ्ग्रेसले शान्ति सुरक्षाका सवालमा सरकार गम्भीर हुनुपर्ने सुझाव दिदै प्रजातान्त्रिक शासन प्रणालीमा सरकारले शक्ति पृथकीकरण र सन्तुलनका सिद्धान्तलाई गम्भीर रुपमा लिनुपर्नेमा आजको बैठकको निष्कर्ष रहेका बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।