शुक्रबार, चैत्र १६, २०८०

विश्व उपभोक्ता अधिकार दिवस: उपभोक्ताको अधिकारको संरक्षणमा प्रम ओलीको जोड

काठमाडौ चैत १,  विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताउनुभएको छ ।

त्यस्तै जारी सन्देशमा उहाँले संयुक्त राष्ट्र सङ्घको महासभाले पारित गरेको उपभोक्ता अधिकारसम्बन्धी मार्ग निर्देशनका आधारमा सरकारले कानूनको निर्माण र संशोधन गरी उपभोक्ताको अधिकारलाई मजबुत गर्न हरतरहले प्रयास गरिरहेको जनाउ सहित सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुनेगरी काम गर्नु आवश्यक रहेको बताउँनु भएको छ ।

साथै उपभोक्ता अधिकारको क्षेत्रमा सक्रिय नियमक निकायले आफ्नो कार्य क्षमतामा विकास र विस्तार गरी उपभोक्ता संरक्षणका लागि अझ क्रियाशील हुनुपर्ने खाँचो रहेको प्रधानमन्त्रीले आफ्नो सन्देशमा उल्लेख गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।