बिहिबार, चैत्र १५, २०८०

विप्लव समूहका नेता पक्राउका लागि आदेश पर्खंदै सुरक्षा अधिकारी

काठमाडौं फागुन २१ ,मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृह मन्त्रालयलाई सूचना बुझाउँदै फर्कदै गरेका छन् ।

ललितपुरको बम विस्फोटपछि आलोचित सुरक्षा संयन्त्रले आफ्ना जासुस परिचालन गरी विप्लवलगायत सो दलका अन्य नेता रहेका स्थानबारे सूचना संकलन गरेको छ । सुरक्षा निकाय संकलित सूचना प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा बुझाएर पक्राउ आदेशको पर्खाइमा छ ।

स्रोतका अनुसार विप्लव समूहका प्रायः सबै नेता देशका विभिन्न भागमा घुमिरहेका छन् । उनीहरु भारत आउँदै जाँदै गरेको पनि स्रोतले जनाएको छ । –नागरिक दैनिकबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।