बिहिबार, बैशाख १३, २०८१

विप्लव नेतृत्वको नेकपालाइ हतियार बिसाएर वार्तामा आउन आह्वान

भारतीय सरकारी कम्पनी कोनकान रेलवेज कर्पोरेसन लिमिटेडबाट ८४ करोड ६५ रुपैयाँमा दुई सेट डेमुट्रेड रेल खरिद गर्न रेल विभागलाई स्वीकृति

काठमाडौ चैत ७,  मन्त्रिपरिषद्को गत चैत ४ गतेको बैठकले गरेको नितिगत निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि गोकुल वास्कोटाले सरकार संवादका निम्ति सरकार सधैँ तयार रहेको जनाउ दिदै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाइ वार्ताको टेबलमा आउन आह्वान गरेको छ   ।  त्यस्तै उहाँले हतियार कुनै समस्याको समाधान होइन, बुद्धभूमि नेपालमा अब हिंसा होइन शान्तिको खाँचो रहेको बताउँदै निर्दोष व्यक्तिको हत्या तथा गैरकानुनी चन्दा असूली सधैँसधैँका निम्ति अन्त्य हुन पर्नेमा जोड दिनु भएको छ ।

साथै उहाँले पत्रकार सम्मेलनमा २१ बुँदे निर्णय सार्वजनिक गर्दै बैठकले भारतको सरकारी कम्पनी कोङ्कण रेलवेज् कर्पोरेशन लिमिटेडमार्फत दुई सेट डिजेल इलेक्ट्रिक मल्टिपल युनिट ट्रेन रु ८४ करोड ६५ लाख ९५ हजार ६०० मा खरीद गर्ने निर्णय गर्नुको अलावा नेपाल भारत व्यापार पारवहन सम्बन्धी लेटर एक्सचेन्जका लागयतका विषयमा छलफल गर्न सहसचव रविशंकर सैजुको सयोजक्तवमा १० सदस्यीय वार्ता टोली गठन भएको जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकले जलस्रोतको उपयोग, व्यवस्थापन र नियमनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिनुको अलावा कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित आयोजनाहरूका लागि १९ राजनपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरेको जानकारी दिनु भएको छ ।

मन्त्रीकास्कोटाका अनुसार बैठकले नेपाल पत्रकार महासङ्घ (चौथो संशोधन) विधान, २०७३, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली, २०७५, औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७५ स्वीकृत गरेको बताउँनु भएको छ ।
यस्तो छ मन्त्रीपरिषदको निर्णय

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728