शुक्रबार, चैत्र १६, २०८०

वल्र्ड रेकर्डका लागि १ मिनेटमा १ सय १३ व्यक्तिसँग अंगालो

काठमाडौं चैत ३ , काठमाडौंको तारकेश्वर नगरपालीका नेपालटारस्थित गुरुकुल पब्लिक स्कुलको कक्षा ८ मा अध्यननरत १४ वर्षिय मेधावी विधार्थी समिट तिमिल्सिनाले एक मिनेटमा १ सय १३ व्यक्तिसँग अँगालो मारेका छन् ।तिमिल्सिनाले वल्र्ड रेकर्डका लागि समिट तिमिल्सिनाले एकमिनेटमा एकसय भन्दा बढी व्यक्तिसँग अँगालो मारेको हो ।

यसअघि अमेरिकाका जसोन राइटरले यसविधामा वल्र्ड रेकर्ड कायम गर्दै आएका थियो । जसोनले सन् २०१७ अक्टोबर मा ८६ जनासँग अँगालो हालेर आफ्नो रेकर्ड कायम गर्दै आएको थियो । तर तिमिल्सिनाको प्रस्तुत सफलतासंगै यो रकेर्ड नेपालका समिटको नाममा आउँने भएको छ । यसको औपचारिक घोषणा आगामी ३५ दिन पछि हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।