बिहिबार, बैशाख १३, २०८१

वरिष्ठ पत्रकार गौतम रहेनन्

काठमाडौं फागुन १९, वरिष्ठ पत्रकार एबं रहस्य साप्ताहिकका सम्पादक मुरारीप्रसाद गौतमको गए राती निधन भएको छ । वरिष्ठ पत्रकार गौतमलाई मुटु सम्बन्धी रोगले चापेपछि ३ दिनदेखि ग्राण्डी हस्पिटलमा भर्ना गरिएको थियो । मुटुसम्वन्धी रोगको उपचारको क्रममा उहाँको गएराती ग्राण्डी अस्पतालमा दुखद निधन भएको हो।   उहाँको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिने बताइएको छ ।

यसैवीच नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको तर्फबाट वरिष्ट पत्रकार गौतमको असामयिक निधन प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना सहित शोकसन्तप्त परिवाजनप्रति  समवेदना व्यक्त व्यक्त गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।