शुक्रबार, चैत्र १६, २०८०

ललितपुर महानगरपालिकाका अमिन चन्द रु २० हजार घुसरकम सहित पक्राउ

काठमाडौ चैत १४,  ललितपुर महानगरपालिकाका नक्शा शाखाका अमिन वीरेन्द्र चन्दलाई रु २० हजार घुसरकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली रंगेहात पक्राउ गरेको छ । आयोगद्दारा जारी विज्ञप्तिमा जग्गाको प्राविधिकमार्फत नापजाँच गरी क्षेत्रफल निक्र्योल गरी सिफारिश गर्नका लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको जनाउँदै चन्दको थप अनुसनधान भइरहेको आयोगले जनाएको छ ।

यसैवीच आयोगले कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुरका तत्कालीन उपप्रशासक शारदाकुमारी पौडेल ,नेपाल प्रहरीमा कार्यरत प्रहरी प्रधान कार्यालय सुसेनि अंगरक्षक गणका प्रहरी नायव निरीक्षक सुरेशकुमार गुरुङ र नेपाल प्रहरीमा कार्यरत प्रहरी नायब निरीक्षक खेमराज कठायतको पनि शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।