शुक्रबार, चैत्र १६, २०८०

ललितपुरमा बुधवारबाट चारदिने सांस्कृतिक महोत्सव हुने

ललितपुर चैत १२ , ललितपुर नगरीलाई ३५ औं हस्तकला नगरीको उपमा घोषणागरिएसंगै स्थानीय युवशक्तिलाइ जागरुक र व्यवसायीक बनाउने लक्ष्य सहित ललितपुर महानगरपालिका वडा नं. १६ को आयोजनामा बुधवारबाट चारदिने वृहत कला र सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ ।

महोत्सवको तयारी सम्बन्धी जानकारी लक्ष्य सहित आयोजित पत्रकार सम्मेलनमा वडा नं. १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले उपराष्ट्रपतिको प्रमसख आतिथ्यतामा प्रस्तुत महोत्सवको आयोजना हुने जानकारी दिदै महोत्वसमा काष्ठकला, धातुकला तथा मूर्तिकलाको जीवन्त प्रदर्शनीका साथसाथै परम्परागत बाजागाजाको झाँकी लगायतको प्रदर्शनी गरिने बताए ।

त्यस्तै परम्परागत बाजागाजाको झाँकीको प्रदर्शनी आदिबाट यहाँको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वको सम्पदाको संरक्षण गर्ने र भाषा संस्कृतिको विकासको एकमात्र अभिष्ट रहेको प्रस्तुत महोत्सवमा स्थानीय वडाका करीब ६० प्रतिशत जनसंख्या पुस्तौदेखि गर्दै आएको हस्तकलाको प्रवद्र्धन संगै सबैको स्वामित्व, अपनत्व र सहभागितालाई जोड दिइने जानकारी दिनुभएको छ ।


महोत्सवको तयारीका लागि वडाले हस्तकला व्यवसायी, निजी क्षेत्र, सहकारीकर्मी, महिला पर्यटन व्यवसायी, जातीय समाजका प्रतिनिधि, टोल सुधार समिति, विभिन्न वडाका जनप्रतिनिधिहरुसँग छलफल गरी सबैको स्वामित्व, अपनत्व र सहभागितालाई जोड दिने लक्ष्य रहेको पनि बताउँदै महोत्सव करिव ५ लाख व्यक्तिले अवलोकन गर्ने विस्वास सहित े यसको कुल अनुमानित लागत ६० लाख रहेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।