शनिबार, बैशाख ८, २०८१

राजपा र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकाकार,अधिकार प्राप्तिको आन्दोलनमा एक हुन आह्वान

काठमाडौ फागुन २४ , राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच आज एकता भएको छ । अधिकार प्राप्तिको आन्दोलनमा सबै उपेक्षित समुदाय एकजुट भएर अघि बढ्नुको विकल्प नभएको निष्कर्ष सहित यी दुइ पार्टीवीच एकता भएको हो ।

पार्टी एकता कार्यक्रममा राजपाको तर्फबाट अध्यक्षमण्डलका सदस्यले राष्ट्रिय जनमुक्ति पार्टीका सहअध्यक्ष मानध्वज ब्लोनसहितका नेता कार्यकर्तालाई टिकामाला लगाएर स्वागत गरेका थिए ।

त्यस्तै एकता कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर राजेन्द्र महतो लगायतका नेताले पार्टीका सांसद रेशम चौधरीलगायतका नेता, कार्यकर्तालाई जन्मकैदको सजाय दिने अदालतको फैसलाप्रति आपत्ति जनाउँदै सरकारको विभेदकारी चरित्रको विरोध  गर्दै  अधिकार प्राप्तिको आन्दोलनमा आउन पनि सबै उपेक्षित समुदायलाई आह्वान गर्नुभएको थियो ।

त्यस अवसरमा राजपा अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत नेताको उपस्थिति रहेको थियो । थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।