शनिबार, बैशाख ८, २०८१

राजधानीको मखनटोलमा भिषण आगलागी,मानवीय क्षतिको आशंका

काठमाडौं फागुन २३ , काठमाडौं महानगरपालिका वडा २४ मखन स्थित रञ्जु तुलाधरको घरमा भिषण आागलागी भएको छ। स्थानीयले दिएको जानकारी अनुसार खाना पकाउँने ग्यास सिलिण्डर विस्फोट भएर लाग्न सुरु गरेको आगलागी यो समाचार तयार पार्दाको समयमा सम्मपनि नियन्त्रणमा लिन नसकेको बताईएको छ ।

दिउँसो १२ नजेको आसपासको समयबाट भएको आगलागी नियन्त्रणको लागि ६ वटा दमकल सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले प्रयास गरिरहेको बताइएको छ । साँघुरो गल्लीका कारण आगलागी नियन्त्रणको प्रयासमा समस्या सिर्जना भएको बताउदै आगलागीका कारण मानव क्षति समेत भएको आशंका गरिएको छ । घटनाको विस्तृत विवरण आउँन वाकी रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।