बिहिबार, चैत्र १५, २०८०

यस्तो छ महाशिवरात्रि पर्व मेलाको लागि गौशाला क्षेत्रमा लागु गरिएको यायतायात व्यवस्थापन

काठमाडौं फागुन २०,  महाशिवरात्रि पर्वको अवसरमा सोमबार पशुपतिनाथ मन्दिरमा लाग्ने महाशिवरात्रि पर्वमेलाको लागि निम्नानुसार ट्राफिक व्यवस्थापन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सवारी प्रवेश निषेध गरिने स्थानहरु: चावहिलबाट गौशालातर्फ ,पुरानो बानेश्वरबाट गौशाला तर्फ ,ज्ञानेश्वर, मैतिदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ ,द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ,शिफल चौरबाट जयबागेश्वरीतर्फ ,लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ,गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ,तिलगंगाबाट गौशालातर्फ ,मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल,तिलगंगातर्फ,जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ ,सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ,जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।

त्यस्तै  पार्किङ व्यवस्थापन: तिलगंगा – दर्शनार्थी, तिर्थयात्री र विदेशी पर्यटक ,देवउद्यान स्थित कोषको कार्यालय– कोषका सवारी साधन तथा सेवाप्रदायक संस्थानका साधन ,शिफलचौर – स्थानीय दर्शनार्थीका सवारी साधन ,गुहेश्वरी पारी – वागमती कोरिडोर र जोरपाटीबाट चावहिल हुदैं आउने सवारी साधन ।

सवारीमार्ग निर्धारण:(क) भक्तजनहरुका सवारी साधनः शिफल पार्किङ्ग गर्ने सवारी साधनहरुः सानो गौचरण, कालो पुल हुदैं सिफल चौरसम्म ,तिलगंगा पार्किङ्ग गर्ने सवारी साधनहरुः तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म ।

(ख) बस तथा माईक्रोबसहरु:,पुरानोबसपार्क, भद्रकाली, सिंहदरबार, माईतीघर, नयाँबानेश्वर, तिनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुँदै पुरानो बसपार्क फिर्ता हुने ।,पुरानो बसपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुँदै जमल सम्म तत्पश्चात महेन्द्रशालिक तिनधारा पाठशाला हुँदै पुरानोबसपार्क फिर्ता हुने ,कालोपुल हुँदै कपन चल्ने सवारी साधनहरु खानीविभाग, लाजिम्पाट हुँदै महाराजगंजको बाटो चलाउने ।

(ग) माईक्रोबस तथा टेम्पोहरु:,सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चावहिल हुँदै बौद्धतर्फ चल्ने माईक्रोबस तथा टेम्पोहरु महेन्द्र शालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, शिफल उकालो, लामपोखरी, चावहिल गणेशस्थान, चावहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने ,जोरपाटी बौद्धबाट सुन्धारा आउने माईक्रोबस तथा टेम्पोहरु चावहिल नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै सुन्धारा चलाउने ।

(घ) मालवाहक सवारी साधनहरु:जोरपाटी, बौद्ध, चावहिल हुँदै महाराजगंजतर्फ जाने मालवाहक सवारी साधनहरु चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुँदै सुकेधारा, महाराजगंजतर्फ जानु पर्ने ,कोटेश्वर, तिनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधनहरु कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगंज र बौद्ध जाने मालवाहक सवारी साधनहरु गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्धतर्फ जाने ,कोटेश्वर तिनकुने हुँदै पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरु गैरीगाउँमा मेला अवधिभर कुर्नुपर्ने ,महाराजगंज, चावहिल हुँदै पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरु बसुन्धारामा मेला अवधिभर कुर्नुपर्ने ।,कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

(ङ) पास वितरण भएका हल्का सवारी साधनहरु:शिफलतर्फ चल्ने सवारी साधनहरु नक्साल, भगवतीबहाल, सानोगौचरण, कालोपुल हुँदै शिफल आउने र फर्कँदा शिफल, चावहिल गणेशस्थान हुँदै चावहिल निस्कने गरी मार्ग कायम गरिएको ,अमालकोटमा पार्क गर्न तोकिएको सवारी साधनहरु शिफलचौर, जयबागेश्वरी हुँदै उक्त स्थानमा पार्क गर्ने र फर्कँदा जयबागेश्वरीचोक, भण्डारखाल सडक हुँदै शिफलचौर निस्कने गरी मार्ग कायम गरिएको ,महानगरीय प्रहरी प्रभाग गौशालामा पार्क गर्ने सवारी साधनहरु तिलगंगा, बत्तिसपुतली हुँदै फर्किने गरी मार्ग कायम गरिएको ,तिलगंगा आँखा अस्पतालमा पार्क गरिएका सवारी साधनहरु सुचना विभाग तल सिनामंगल भत्केकोपुल तर्फको बाटो हुँदै फर्कनेव्यवस्था गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।