शनिबार, बैशाख ८, २०८१

म.प. बैठक: सरकारले दियो विप्लव नेतृत्वको नेकपालाइ ३५ दिने हातहतियार बुझाउने समयसीमा

काठमाडौं फागुन ३० , मन्त्रिपरिषदको फागुन १३, १५, १९, २६ र २८ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको जनाउ दिदै गत मंगलवार अपराधिक एवम् हिंसात्मक समूह घोषणा गर्दै प्रतिवन्ध लगाएका विप्लव नेतृत्वको नेकपालाइ आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको जानकारी दिनु भएको छ ।

साथै उहाँले पत्रकार सम्मेलनमा सन्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने– पार्ता र संवादका लागि विप्लव समुहलाइ पटकपटक आव्हान गर्दापनि कुनै उपलब्धि नभएको र दिनानुदिन झन अराजक हुँन थालेपछि सरकारले प्रतिबन्ध लगाउँने निर्णय गरेको जनाउ दिनु भएको छ ।

साथै उहाँले प्रमुख प्रतिपक्षी दल काँग्रेसले समेत सरकारको यो निर्णयलाई स्वागत गरिसकेको अवस्थामा सत्तारुढ पार्टीभित्र यसबारे छलफल भएको र थप छलफल हुने बताउँदै बहुचर्चित सरकार रसीके राउतवीच नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनवीच भएको सहमतिमा उल्लेख जनअभिमतको विधि प्रयोग गरिने भनिनुको अर्थ निर्वाचनबाट जनताले अभिव्यक्त गर्ने मत भएको प्रष्टोक्ति दिदै राउत मूलधारमा आउँदा सरकारले जरी स्वागत गरेको त्यसरिनै सरकारले विप्लव समूहलाइ पनि स्वागत गर्ने बताए ।

उहाले बैठकले भारतका लागि नेपाली आवसिय राजदुत निलाम्वर आचार्य र अमेरिकाका लागि आवसिय राजदुत अर्जुन कार्कीलाइ नेपाल सरकारको मन्त्री सरह मर्यादा कायम गर्ने निर्णय गरेको जानकारी दिनु भइको छ । त्यस्तै गरि ललितपुर नगरपालिका वडा न ५ क्ष स्थित रेडियो नेपालको ४२ रोपनी जग्गा नेपाल दुरसञ्चार प्राधिकरणलाइ सरकारी दररेटमा उपलब्ध गराउँने लगायतका २० बुँदे निर्णय भएको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।