शुक्रबार, चैत्र १६, २०८०

मुलुकको आर्थिक समृद्धि केन्द्रीत लगानी सम्मेलनको सुरक्षार्थ एकीकृत सुरक्षा योजना

काठमाडौ चैत १४ , मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी वृद्धि गरीे उद्योगधन्दा र कलकारखानाको विकासका लागि शुक्रबारदेखि  राजधानीमा शुरु हुने हुने तेस्रो लगानी सम्मेलन २०७५ को सुरक्षार्थ सरकारले तीनवटै सुरक्षा निकायको समन्वयमा एकीकृत सुरक्षा योजना’ लागु गर्ने भएको छ ।  सम्मेलनका लागि विदेशी पाहुना आउने क्रम दुईदिन अघिदेखि नै शुरु भइसकेको जानकारी दिदै गृहमन्त्रालयले सम्मेलनस्थलसहित पाहुनाको आवास क्षेत्र र आवतजावत गर्ने क्षेत्रमा एकीकृत सुरक्षा लागु गरिने जानकारी दिएको छ ।

४० देशका ६०० बढी सरकारी प्रतिनिधि, उद्योगी, व्यवसायीको सहभागी रहने प्रस्तुत सम्मेलनका कारण उपत्यकाका तीनवटै जिल्लाको सुरक्षामा कडाइ गर्दै सम्भावित आपराधिक क्रियाकलापलाई समेत ध्यानमा राखेर नाकामा चेक प्वाइन्ट स्थापना गरी चेकजाँचमा कडाइ गरिएको मन्त्रालयले जनाएके छ ।

त्यस्तै प्रस्तुत सम्मेलनमा निजी क्षेत्र र सरकारका गरी कूल ७७ परियोजनालाई ‘शो केश’ मा राखिने तयारी रहेको जनाउँदै अर्थमन्त्रालयका अधिकारीहरुले सरकारले सम्मेलन कै क्रममा एक दर्जन बढी परियोजनामा हस्ताक्षर गर्ने योजना तय गरेको जानकारी दिएका छन ।  यसअघि सरकारले २०४८ सालमा पहिलो र विसं २०७३ मा दोस्रो लगानी सम्मेलनको आयोजना गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।