शुक्रबार, चैत्र १६, २०८०

मा.पो.का.मोरङका नासु घिमिरे सहित ७ विरुद्ध पूँजीगत लाभकर घोटाला प्रकरणमा मुद्दा दायर

सेवाग्राहीसंग घुस लिने नासु रोका पक्राउ

काठमाडौ चैत १ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सरकारी राजश्व छल्न जग्गाको कम मूल्याङ्कन गरी भ्रष्टाचार गरेको अभियोगमा जिल्ला मालपोत कार्यालयका नायब सुब्बासहित ७ विरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । दायर मुद्धामा अभियुक्तहरुले  मोरङको साविक सिजुवा–८ को जग्गा २०७४ माघ ३ गते बिक्री भएकोमा कम मूल्याङ्कन गरी राजश्व छली गरेको ठहर सहित आयोगले रु ३३ लाख ३७ हजार ५०० हुनुपर्ने जग्गाको रु २९ लाख ९० हजारको मूल्याङ्कन गर्दै पूँजीगत लाभकरमा घोटाला गरेको जनाएको छ ।

साथै दायर मुद्धामा आयोगले मालपोत कार्यालय मोरङका नायब सुब्बा प्रदीप घिमिरेलाई रु एक लाख ७८ हजार ५२५, बहिदार नन्दलाल राजवंशी रु तीन लाख १९ हजार ९२५, वडाध्यक्ष दानालाल राजवंशी रु एक लाख ७८ हजार ५२५, जग्गा बिक्रीकर्ता दुर्गाप्रसाद निरौला रु दुई लाख ४६ हजार ८७५ र जग्गा खरीदकर्ता हस्तराज ओखराज लिम्बू रु दुई लाख ३८ हजार ६७५ र सूर्यबहादुर श्रेष्ठले रु १२ हजार ९०० बराबरको भ्रष्टाचार गरेको अभियोगमा उनीहरुलाई बिगोबमोजिमको कारवाही र कैदको माग गरिएको आयोगले जनाएको छ ।

यसैवीच आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नासु सरोज रोकालाई आज पक्राउ गरेको छ । आयोगद्दारा जारी विज्ञप्तिमा मेडिकल सेन्टर सेवा विस्तार प्रयोजनका सेवाग्राहीको निमायनुसार गर्नुपर्ने काम विभिन्न वहानामा नगरि हैरानी दिदै रु २२ हजार घुस मागेको भन्ने उजुरीको अनुसन्धान गर्ने क्रममा नायब सुब्बा रोकालाई पक्राउ गरिएका आरोपीमाथि थप अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।