बुधबार, बैशाख १२, २०८१

मरणोपरान्त अङ्ग दानको अभियानमा सहकार्यको लागि मन्त्री यादवको आव्हान

चितवन फागुन १८,  नेपाल औषधि उत्पादक सङ्घद्दारा आयोजित मरणोपरान्त अङ्ग दानको सामाजिक अभियानको शुभारम्भ गर्दै नेपाल रिकारकका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विविध दानहरु मध्ये मरणोपरान्त अङ्ग दानको पृथक एवम परोपकारी दान भएका बताउँदै यो दान अभियानमा सहकार्यको लागि सवैलाइ आव्हान गर्नु भएको छ ।

त्यस्तै उहाँले सम्बोधनकै क्रममा नेपालमा उत्पादन हुने औषधिमा गुणस्तरीयता सुनिश्चितता गर्न आग्रह गर्दै नेपालमा बन्ने औषधि नेपालकै लागि र यहाँ उत्पादन नहुँने औषधीमात्र आयात गर्ने मार्ग चित्र सहितको निति सरकारले तयार गर्दै गरेको जनाउ दिदै भने यसको लागि उत्पादित औषधीमा गगुणस्स्तरियता आवश्यक रहेको बताउँनु भएको छ ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल नेउवा महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा,  शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले लगायतका वक्ताले मरणोपरान्त अङ्ग दानको महत्व र आवश्यकतामाथि प्रकाश पार्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।