बुधबार, बैशाख १२, २०८१

मप बैठक : विप्लव नेतृत्वको नेकपामाथि सरकारद्दारा प्रतिबन्ध लगाउँने निर्णय

काठमाडौ फागुन २८,  प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज साँझ बसेको मन्त्री परिषदको बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अराजक एवम् हिंसात्मक गतिविधि तिव्र भएको निष्कर्ष सहित जारी यावत गतिविधिलाइ नियन्त्रण गर्नका लागि भन्दै चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँने निर्णय गरेको छ ।

साथै बैठकले पटक पटक वार्ताको लागि आव्हान गर्दा पनि वार्तामा नआएको र विकासनिर्माणमा अवरोध पु-याउनाका साथै सो समूहले एक पछि अर्को गर्दै विस्फोटन एवम् आपराधिक क्रियाकलापलाइ जारी राखेका कारण त्यस्ता गतिविधि नियन्त्रण गर्नु राज्यको दायित्व भएके विकासनिर्माणमा अवरोध पु-याउनाका साथै विस्फोटन गराएकाले त्यसको गतिविधि नियन्त्रण गर्ने आवश्यक रहेको ठहर सहित प्रस्तुत निर्णय भएको जनाउ दिएका छन ।

मन्त्रिपरिषद् बैठकको प्रस्तुत निर्णयसंगै प्रतिबन्ध लगाए सँगै अब विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्न नपाउने भएको छ ।

 यसअघि सुर्खेतमा आयोजित तीनदिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका सुरक्षा प्रमुखलाई गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग राजनीतिक ब्यवहार नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।