बिहिबार, बैशाख ६, २०८१

मन्त्री अधिकारी सहित सातै जनाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण

काठमाडौं फागुन १७, ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई अन्तिम श्रद्धाञ्जली दिन यहाँहरुको पार्थिव शरीर टुँडिखेलमा राखिएको छ । श्रद्धाञ्जली दिन प्रधानमन्त्री केपी ओली सहित मन्त्रीगण , राजनैतिक दलका उच्चस्तरका नेता आफन्तजन र सर्वसाधारणसमेत टुँडिखेलमा पुगेका छा ।

श्रद्धाञ्जली दिने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । टुँडिखेलमा पुगेर राष्ट्रपति भण्डारीले अधिकारीप्रति श्रद्धाञ्जली दिनु भएको छ । त्यस्तै श्रद्धाञ्जली दिने क्रममा प्रधानमन्त्री केपी ओलीले दिवंगत रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएलगत्तै नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएका थिए ।

बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा उदयीमान नेता अधिकारी, पर्यटन क्षेत्रका अगुवा आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका निर्देशक ध्रुव भोछिभया, प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरेको निधन भएको थियो ।  श्रद्धाञ्जली अर्पणका लागि सर्वसाधारणको पनि बाक्लो उपस्थिति छ । बिहान ११ बजेसम्म सातैजनाको शव टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।