बिहिबार, बैशाख १३, २०८१

मनमती खोलामा रितेनिङ्ग बाल

काठमाडौ चैत ६ , काठमाडौं महानगरपालिका वडा न. १३ स्थित मनमती खोला, पुरानो कालिमाटी ज्ञानोदय स्कुलको माथिल्लो भाग खोलामा रितेनिङ्ग बाल निर्माण कार्यकार्य आज एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

प्रदेश सरकार र क्षेत्र नं.८ को स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमअन्र्तगत को बिनियोजित बजेटबाट निमांण गरिन लागेको उक्त वाल निर्माण संगैं प्रत्येक वर्खा याममा स्थानीयले घरमा खोला पस्ने समस्याबाट राहत पाउँन अपेक्षा गरिएको छ।

फागु पूर्णिमाको शुभ अवसरमा शुभकामना आदान प्रदान सहित शिलान्यास प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यमा , कामपा वडा नं १३ अध्यक्ष ध्रुव नारायण मानन्धरको विशेष आतिथ्यमा त्यस्तै , कामपा वडा नं १३ सदस्य राम बाबू कोइराला लगायतको उपस्थिती रहेको उपभोक्ता समितिका संयोजक भवनाथ झाले जानकरी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।