शुक्रबार, चैत्र १६, २०८०

बोलकबोल प्रक्रियाबाट रु १३ अर्बको ट्रेजरी बिल बिक्री हुँदै

काठमाडौ चैत ३,  नेपाल राष्ट्र बैंकले सोमबार रु १३ अर्ब ७९ करोड ११ लाख २५ हजार बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले आज एक सूचनामार्फत ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाउँदै प्रस्तुत बिलको कूल ९१ दिनदेखि ३६४ दिन अवधि तोकिएको जारी सूचनामा उल्लेख गरेको छ ।

यसअघि बैंकले गत फागुन २७ गते ९१ दिने अवधिको रु २ अर्ब २६ करोड र ३६४ दिने रु ५ अर्बको ट्रेजरी बिल बिक्री गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।