मङ्लबार, बैशाख ४, २०८१

फेवातालमा प्याराग्लाइडिङ दुर्घटना हुँदा प्याराग्लाइडरको मृत्यु

पोखरा फागुन १९,  पोखराको सराङकोटबाट भएको प्याराग्लाइडिङ उडानको क्रममा पोखराको फेवाताल दुर्घटना भएको छ । दुर्घटनाको क्रममा रोमानियाकी ४२ वर्षीया एडे–सिस जेडिआर नाम गरेकी प्याराग्लाइडरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैदामलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै प्राप्त समाचारमा भएअनुसार ४२ जेडिआर नाम गरेकी रोमानिया नागरिक पोखराको सराङकोटबाट भएको प्याराग्लाइडिङ उडानको अवतरण गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसक्दा तालमा खसेको उल्लेख गरिएको छ । त्यस्तै प्याराग्लाइडिङ दुर्घटना पश्चात उद्धार गर्दै उपचारार्थ मेट्रोसिटी अस्पतालमा भर्ना गरिएपछि उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।