बुधबार, बैशाख १२, २०८१

प्र.म ओलीलाइ प्रश्न-संविधान संशोधनको त्यो प्रस्ताव राष्ट्रघाती की जनमत संग्रहको यो सम्झौता राष्ट्रघाती ?

 राष्ट्रिय एकतालाई खलल पु-याउन खोज्ने गतिविधिको घोर भत्र्सना सहित सरकार–सीके रावत सम्झौताको साझा व्याख्या गर्न काङ्ग्रेसको माग

काठमाडौ फागुन २९, सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतबीच भएको ११ बुँदे सहमतिको सवालमा दुवै पक्षबाट साझा व्याख्या गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले माग गरेको छ ।

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज आयोजित पत्रकार सम्मेलनमा  फागुन २४ मा सरकार र स्वतन्त्र मधेश गठबन्धनका बीच भएको सम्झौताको पहिलो वुँदाले पृथकतावादी बाटोमा हिंडेका व्यक्ति र समुहलाई मुलुकको अखण्डता स्वीकारेर मुलधारमा आउन सहमत गराएको सन्देश दिएको अवस्था आफैमा स्वागत योग्य भएपनि वुँदा नं २ ले वुँदा नं १ लाई खण्डित गर्दै गरेको मात्रै नभइ विखण्डनको आकांक्षालाई लोकतान्त्रिक विधिबाट हल खोज्ने गरी राज्यकै तर्फबाट बैधानिकता दिएकोमा काँग्रसको विमति रहेको  बताउँदै यसको दुवै पक्षबाट साझा व्याख्या मुलुक समक्ष तत्काल प्रस्तुत गर्न समेत माग गर्नु भएको छ ।

त्यस्तै उहाँले “जनमतमा आधारित लोकतान्त्रिक विधि” को गहिरो नभई सामान्य व्याख्या पनि जनमत संग्रह भन्ने नै बुझिन्छ भन्दै यसमा सरकार षड्यन्त्रमा फसेको हो वा सरकार आफैं राष्ट्रघाती षड्यन्त्रमा सहभागी भएको हो त्यसको समेत साझा व्याख्या सार्वजनीक गर्ने भनेको  छ ।

त्यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सीके राउतले जनमत संग्रह गर्न सरकार सहमत भएको भनेर वुँदा नं२ कै ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को व्याख्या गरेको पनि ५ दिन पुगिसक्दा र जनकपुरमा स्वतन्त्र मधेशको व्यानर सहित उनको उपस्थितिमा प्रदर्शन भएको तीन दिन वितिसक्दा सरकारले केवल सामान्य प्रतिक्रिया मात्रै जनाउनु र तत्काल अर्को छलफल आयोजना गरेर साझा मत निर्माण गर्न गम्भीर पहलकदमी नगर्नु आफैमा रहस्यमय भएको जनाउ दिदै तत्कालीन कांग्रेस नेतृत्वको सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गर्दा वर्तमान प्रधानमन्त्री केपी ओलीले त्यसलाई राष्ट्रघातको संज्ञा दिनु भएको स्मरण गर्दै उहाँले “संविधान संशोधनको त्यो प्रस्ताव राष्ट्रघाती की जनमत संग्रहको यो सम्झौता राष्ट्रघाती भन्ने प्रश्न गर्नु भएको छ ।

साथै फागुन २४ को सम्झौताको परिमार्जन या साझा व्याख्या र त्यसप्रतिको व्यवहारिक इमान्दारिताबाट मात्रै मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई बल पुग्ने तथ्यमा नेपाली कांग्रेसको धारणा प्रष्ट भएको जिकिर गर्दै तराई–मधेशका आम नागरिकको भावना अखण्ड नेपाल र बलियो नेपाली राष्ट्रियता हो भन्ने तथ्य भन्दा पर गएर राष्ट्रिय एकतालाई खलल पु¥याउन खोज्ने गतिविधिको नेपाली कांग्रेस घोर भत्र्सना गरेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।