बुधबार, बैशाख ५, २०८१

प्रम ओलीले भने- नेता भरतमोहन र रवीन्द्र दुवैको योगदान महत्वपूर्ण

कम्युनिष्ट आन्दोलनको अभिभावक भरतमोहन र समाजको रुपान्तरणका अभियन्ता रवीन्द्रको निधन मुलुक र पार्टीको लागि अपुरणीय क्षति: प्रचण्ड

काठमाडौ फागुन २३ , नेकपाद्वारा आज पूर्वउपप्रधानमन्त्री भरत मोहन अधिकारी र हवाई दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसहित अन्य सात जनालेआयोजित श्रद्धाञ्जली सभा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले दिवङ्गत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको योगदानको स्मरण सहित अवको आवश्यकता भनेको शोकलाई शक्तिमा बदल्न रहेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले दिवङ्गतका परिवारलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेता भरतमोहन र रवीन्द्र अधिकारी दुवैको योगदान आफैमा महत्वपूर्ण रहेको बताउँनु भएको छ ।

अर्का अध्यक्ष प्रचण्डले दिवंगत नेताको सपनालाई साकार पार्न सके मात्र उहाँहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउँदै उहाँहरुले सुरु गरेका गरेका राम्रा कामबाट सामूहिक सङ्कल्प सहित त्यसलाइ पूरा गर्नु पर्ने बताउँनु भएको छ । साथै उहाँले कम्युनिष्ट आन्दोलनको अभिभावक रुपमा भरतमोहन र समाजको रुपान्तरण अभियन्ताको रुपमा रवीन्द्रलाइ आफुले पाएको जिकिर गर्दै उहाँहरु दुवैको निधन मुलुक र पार्टीको लागि अपुरणीय क्षति भएको बताउँनु भएको छ । सभामा पार्टी महासचिव विष्णुप्रसाद पौडेल नेता माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतको उपस्थित रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728