शनिबार, बैशाख ८, २०८१

प्रम ओलीलाइ डा लोहनीको प्रश्न- के तपाईँको सरकार भ्रष्टको संरक्षक हो ?

राप्रपा संयुक्तद्वारा राजसंस्था पुनर्स्थापनाको माग

जनकपुर फागुन २३ , राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले बहुदलीय प्रजातन्त्रको सरक्षण र सम्वद्र्धनका लागि निष्पक्ष संस्थाको रुपमा राजसंस्था पूनस्र्थापना गर्नु पर्ने बताउँनु भएको छ ।  जनकपुरमा आज सम्पन्न प्रदेश नं २ अन्तर्गतको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष राणाले भने कांग्रेसको राष्ट्रपति भयो भने राष्ट्रपति कांग्रेस हुने, कम्युनिष्टको राष्ट्रपति भयो भने राष्ट्रपति कम्युनिष्ट हुने प्रवृत्ति मुलुकको लागि घातक रहेको भन्दै निष्पक्ष संस्थाको रुपमा, राजसंस्था पूनस्र्थापनाको आवश्यकता औल्याउँनु भएको हो ।

त्यस्तै उहाँले ९४ प्रतिशत सनतान हिन्दु धर्ममा आस्था राख्ने जनता भएको मुलुकमा धर्मनिरपेक्ष घोषणा गरेर कांग्रेस र कम्युनिष्टहरुले जनभावनामागि बलात हस्तक्षेप गरेको गरेको बताउदै सनातन हिन्दु राष्ट्रको पूनस्र्थापना, भ्रष्टाचारको विरोध र मधेस माथि भएको अन्यायको विरुद्धमा सडक संघर्ष गर्ने उद्घोष गर्नु भएको छ ।

त्यस्तै राप्रपा (संयुक्त) का अर्का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले देशको हितका लागि संवैधानिक राजसंस्था आवश्यक भएको बताउँदै लोहनीले अग्रगमनको नाममा देशमा दशा लादिएको बताए । साथै उहाँले नेकपा सरकारको शासनमा भ्रष्टाचार मौलाएको आरोप लगाउँदै भने, ‘प्रधानमन्त्री ओलीलाइ लाई मेरो प्रश्न छ, के तपाईँको सरकार भ्रष्टको संरक्षक हो ?’

२०५२ सालमा राप्रपा सरकारमा छँदा पिछडिएका समुदायका लागि आरक्षणको अवधारणा आरम्भ गरेको स्मरण गर्दै लोहनीले जनजाति, मधेस, दलितका लागि नारामा नभएर व्यवहारमा समावेशी आरक्षण आवश्यक रहेको बताए । राप्रपा संयुक्तले यो आवश्यकता पूर्ति गर्ने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।