शुक्रबार, चैत्र १६, २०८०

प्रदेश नं २ मा एसइईको बाँकी रहेका  सवै  विषयका परीक्षा स्थगित :शिक्षा मन्त्रालय

काठमाडौ चैत  १६ ,   शिक्षा मन्त्रालयले  श्रृङ्खलावद्ध रुपमा प्रश्नपत्र बाहिरिए जनाउ दिदै प्रदेश नं २ मा माध्यमिक शिक्षा परीक्षा  अर्थात  एसइईको बाँकी रहेका  सवै  विषयका  परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । प्रदेशका सामाजिक विकास मन्त्रीको अनुरोधमा प्रदेश नं २ मा  चैत २१ गतेसम्म सञ्चालन हुने सबै परीक्षा अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गर्न मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई  मन्त्रालयले  निर्देशन दिएको छ । परीक्षा स्थगित हुँदा २६२ परीक्षा केन्द्रका ७० हजार ५६८ परीक्षार्थी प्रभावित भएको मन्त्रालयमा  शुक्रवार आयोजित पत्रकार सम्मेलनमा  पददै   अन्य प्रदेशमा सञ्चालन हुने र प्रदेश नं २ मा यही चैत २२ गतेका लागि तय भएको परीक्षा भने यथावत रुपमा सञ्चालन हुने  जनाएको  छ ।

 त्यस्तै   पत्रकार सम्मेलनमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सो अप्रिय घटनालाई आपराधिक घटनाका रुपमा लिएर थप जिम्मेवार र संवेदनशील भई प्रदेश सरकार, स्थानीय तह, अभिभावक, विद्यार्थी सङ्गठन, शिक्षाप्रेमी, शिक्षक समुदायलगायतलाई परीक्षा तयारी र सञ्चालनमा सहजीकरण गर्न अपिल  गर्दे   परीक्षा अगावै प्रश्नपत्र बाहिरिएका कारण परीक्षाको तयारी गरेर बसेका विद्यार्थीलाई परेको मर्का, असुविधा र मनोवैज्ञानिक तनावप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाउ दिनु भएको  छ ।

 साथै  लाखौँ विद्यार्थीको भविष्यसग जोडिएको परीक्षा अगावै बाहिर ल्याएर कानूनको उल्लङ्घन गर्ने कार्यको घोर भत्र्सना गर्दछु  भन्दै  मन्त्री  पोखरेलले  प्रस्तुत घटनाको   सत्यतथ्य छानबिन गरी दोषीउपर कारवाही अघि बढाउन स मन्त्रालयको अनुरोध र गृह मन्त्रालयको निर्देशनमा केन्द्रीय अनुसन्धान टोलीले आफ्नो कार्यरम्भ गरिसकेको  बताउँदै  सुरक्षित वातावरणमा विद्यार्थीले परीक्षा दिन पाउने अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छ । स्थगित भएका परीक्षालाई चैत २२ गते पछि कसरी गर्न सकिन्छ भन्ने कोणबाट छलफल भइरहेको  बताउँनु भएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।