बिहिबार, चैत्र १५, २०८०

पूर्व सभापति श्रेष्ठको निधन, महासंघ स्तब्ध

काठमाडौं चैत ३ , नेपाल पत्रकार महासंघले महासंघका पूर्वसभापति एवम् वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको ८६ वर्षको उमेरमा शनिबार दिउँसो भएको निधनको दुःखद् खवरले महासंघ स्तब्ध भएको जनाएको छ ।

पूर्वसभापति श्रेष्ठलाई हृदयघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याउने क्रममा बाटोमै निधन भएको महासंघद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा राष्ट्रिय समाचार समितिका संस्थापक सदस्य समेत रहेका अग्रज पत्रकार श्रेष्ठको निधनबाट नेपाली पत्रकारिता क्षेत्रले एकजना मूर्धन्य व्यक्तित्व र महासंघले अभिभावक गुमाउँनु पर्दाको दु :खद क्षणमा महासंघ स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ भनिएको छ । स्वर्गीय श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।