मङ्लबार, बैशाख ११, २०८१

पूर्वराजा शाहको तराई भ्रमणको कार्यक्रम स्थगन

मुमा रत्नको स्वास्थ्यबारे जानकारी लिन नर्भिक अस्पतालमा

काठमाडौं फागुन २२,   पूर्व राजा ज्ञानेन्द्र शाहको पूर्व निर्धारित मुलुकको तराइस्थित विभिन्न जिल्ला भ्रमणको कार्यक्रम स्थगन गरिएको छ ।  यसवीचमा  पूर्व बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहलाई छातीमा असजिलो भएपछि मंगलबार नर्भिक अस्पताल भर्ना गरिएलगत्तै पूर्व राजा शाह तराइ भ्रमणको कार्यक्रम स्थगन गर्दै राजधानी काठमाडौं आउँनु भएको छ ।

 यसअघि  पूर्व राजा शाहले तराइका  घनुषा, सर्लाही, उदयपुर र सप्तरीको भ्रमण सहित त्यहाँस्थित विभिन्न तह र तप्काका उच्चस्तरका राजनेता देखि सर्वसाधारणहरुसंग भेटघाट एवम छलफलका कार्यक्रम तत्काललाइ  स्थगन गरिएको  र भ्रमण सम्बन्धी अर्को जानकारी पछी प्रकाशित गरिने उहाँका सचिव डा. फणिराज पाठक द्दारा  आज जारी सूचनामा उल्लेख गरिएको छ ।

यसैवीच पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार साँझ राजधानीस्थित नर्भिक अस्पताल पुगी ९२ वर्षीय मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवीको शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।