शुक्रबार, चैत्र १६, २०८०

पार्टीको आचरण विपरितका कामकारवाही गर्ने नेता तथा कार्यकर्तालाइ कारवाहीको तयारी

काठमाडौं चैत १३, नेपाली कांग्रेसले पार्टीको आचरण विपरितका कामकारवाही गर्ने अनुशासनको दायरमा नबस्ने लगायत निर्वाचनको क्रममा वागी उम्मेदवारी दिदै पार्टीका आधिकारिक उम्मेदावरलाइ असहयोग गर्ने नेता तथा कार्यकर्तालाइ कारवाही गर्ने तयारी थालेको छ ।

कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको संयोजकत्वमा केन्द्रीय सदस्यहरु किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, उमाकान्त चौधरी र धनराज गुरुङ सदस्य रहेको केन्द्रीय अनुशासन समितिको गठन संगै समितिको मंगलबार बसेको पहिलो बैठकले पार्टी हित विपरीत कार्यमा संलग्नताबारे प्रमाणसहित २०७५ साल चैतसम्म प्राप्त उजुरी उपर छानबिन गरी कारवाही गर्ने निर्णय गरेको हो ।

तयस्तै समितिको बैठकले मुलत २०७४ सालमा भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध बागी दिने, उम्मेदवारलाई हराउन भूमिका खेल्ने र अन्तर्घात गर्ने पार्टीका सदस्यलाई कारवाहीको सुरुवात गर्ने गरि समितिको कार्यविधि २०७५ लाई पारित गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।