बिहिबार, बैशाख १३, २०८१

परीक्षा पास गराइ दिन्छु भन्दै घुस लिने शिक्षक विरुद्ध मुद्दा दायर

काठमाडौं फागुन २६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयको पब्लिक हेल्थ सङ्कायको परीक्षा पास गराइ दिन्छु भन्दै घुस लिएको अभियोगमा पक्राउ परेका शिक्षक खेमराज शाही विरुद्ध विशेष  अदालतमा मुद्दा दायर गरेको छ ।

परीक्षामा असफल भएका परीक्षार्थीबाट शिक्षक शाहीले परीक्षामा उतिर्ण गरिदिन्छु भन्दै रु २५ हजार घुस लिएको अख्तियारद्दारा जारी विज्ञप्तिमा  उल्लेख गरिएको छ ।

जारी विज्ञप्तिमा उल्लेखभएअनुसार पूर्वाञ्चल विश्वविद्यालयबाट बायोस्टाटिस्टिक्स विषयको उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पाएका निज शाहीले निजको साथी अर्जुन भाट र होप इन्टरनेशनल कलेजमा अध्ययनरत प्रवेग कोरालसँग मिलेमतो गरी आफूलाई परीक्षण गर्ने जिम्मेवारीका साथ आएको उत्तरपुस्तिकामा फेल भएका परीक्षार्थीलाइ पास गराइ दिने भन्दै आर्थिक लेनदेन गर्दै प्रतिव्यक्ति रू २५,हजार लिएको अभियोगमा महानगरीय प्रहरी परिसर, टेकुबाट आयोगमा दर्ता हुन आएको उजुरीको छानविनको क्रममा निज शिक्षक शाहीले बदनियत कार्य गरेको जनाएकोछ ।

यसैवीच आजै आयोगले साविक मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक नेपालगञ्जमा सहायक अधिकृत पदमा कार्यरत पुष्पा दूरा र नेपाल विद्युत् प्राधिकरण सेती फेवा पावर हाउस पोखरामा कार्यरत इलेक्ट्रिक फोरमेन बलदेव गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको जनाृ सहित मुद्दा दायर गरेको जनाएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।