बुधबार, बैशाख १२, २०८१

न्यायपालिका र पत्रकारिता जगत स्वतन्त्र नरहे लोकतन्त्र नै धरापमा : अध्यक्ष शर्मा

काठमाडौं चैत १६, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले न्यायपालिका र पत्रकारिता जगत स्वतन्त्र नरहे लोकतन्त्र नै धरापमा पर्ने बताउँनु भएको छ । नेपाल पत्रकार महासंघले आफ्नो ६४औं स्थापना दिवसकोे अवसरमा आज महासंघको मुख्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष शर्माले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

साथै उहाँले त्यसअर्थमा पत्रकारिता क्षेत्रसंग आफ्नो पनि भावनात्मक सम्बन्ध रहेको भन्दै सत्यतथ्य सूचनाको अपेक्षा रहेको बताउँदै लोकतन्त्रको सवलीकरणका लागि पनि पत्रकारिता जगतले प्रभाव दवावमा नभइ स्वतन्त्ररुपमा जनताको आवाजलाइ बुलन्द पार्न आवश्यक रहेकोमा जोड दिनु भएको छ ।
त्यस अवसमार उहाँले महासंघको तर्फबाट स्थापना दिवसको अवसरमा पूर्व पदाधिकारीहरु क्रमस राधा बुढाथोकी (उपसभापति), चित्राङ्ग थापा (उपसभापति), चन्द्र भण्डारी (महासचिव), कर्णदेव भट्ट (उपसभापति), इश्वरचन्द्र गौतम (उपसभापति), हेमन्त कर्माचार्य (उपसभापति), तेजबहादुर भण्डारी (उपसभापति), यज्ञ शर्मा (उपसभापति), गोपाल बढाथोकी (उपसभापति), उमिद बागचन्द (उपसभापति), सञ्जय सन्तोषी राई (उपसभापति), कृष्णप्रसाद बस्याल राकेश (उपसभापति), डीआर पन्त (उपसभापति), गंगाधर पराजुली (उपसभापति), पोषण केसी (महासचिव), यशोदा तिम्सिना –उपाध्यक्ष), ओम शर्मा (महासचिव), खिलबहादुर भण्डारी –उपाध्यक्ष), अनिता बिन्दु –उपाध्यक्ष) र उजिर मगर (महासचिव) लाइ सम्मानीत गर्नु भएको थियो ।
त्यस्तै तत्कालिन पत्रकार संघलाई महासंघमा रुपान्तरण गर्न आयोजित महाधिवेशन सम्पन्न गर्न भूमिका खेलेकोमा सुनसरी शाखा र महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान महत्वपूर्ण भूमिका खेलेको कास्की शाखालाई सम्मान पत्र सहित पुरस्कृत गरिएको थियो ।

त्यस्तै स्थापना दिवसकै आयोजित मिडिया कप फुटसल प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने क्रमश प्रेस संगठन नेपाल , नेपाल प्रेस यूनियन र इमेज च्यानलको टिमलाई ट्रफि, मेडल , नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

त्यस्तै कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष डा.महेन्द्र विष्ट महासंघका पूर्व सभापति हरिहर विरही , पूर्व उपाध्यक्ष राधा बुढाथोकि, पूर्व महासचिव चन्द्र भण्डारी लगायतका वक्ताले निष्ठाको पत्रकारिताको आवश्यकतामाथि जोड दिदै सबै पत्रकारहरुले एकपल्ट आत्मसमिक्षा गर्दै आजको पत्रकारितालाई जिम्मेजार तथा मर्यादित बनाउनु पर्नेमा आफ्नो अभिमत प्रस्तुत गर्नु भएको थियो भने महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघ सदैव श्रमजीवि पत्रकार तथा प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै त्यसप्रति आफूहरु प्रतिवद्ध रहेको बताउनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।