बिहिबार, बैशाख ६, २०८१

नेकपाको शासनकालमा देश भ्रष्टाचारको आहालमा चुर्लम्म  : राप्रपा संयुक्त  

काठमाडौं चैत ३,  हिन्दू जागरण अभियान एवं कार्यकर्ता प्रशिक्षणकार्यक्रमका लागि दाङ पेग्नु भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले  रष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) जिल्ला कार्यसमिति दाङद्दारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूहरुले राजसंस्थासहितको हिन्दू राज्य स्थापित गराएरै छोड्ने बताउनुभएके छ ।

, त्यस्तै पत्रकार सम्म्मेलनमा डा प्रकाशचन्द्र लोहनीले नेकपाको शासनकालमा देश चुर्लम्म भ्रष्टाचारमा डुबेको बताउँदै दुईतिहाईको बहुमत प्राप्त सरकारबाट स्थायित्व र विकास प्राप्त हुन्छ भन्ने जनअपेक्षा विपरीत देशमा कुशासन र अनियमितता व्याप्त रहेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।  साथै उहाँले नेकपाकै सांसद सहभागी रहेको लेखा समितिले वाइड बडी प्रकरणमा सुन प्रकरण जस्ता अनेक घटनाक्रमले सरकारले सुशासन नभएर कुशासन दिएको जिकिर गर्दै सरकालाई भ्रष्टाचार र कुशासनको पहिलो दर्जाको तक्मा लगाउँनुको विकल्प नभएको बताउँनु भएको छ ।  सरकारले राष्ट्रिय एकता विपरीत गम्भीर लापरवाही सहित सरकारले सिके राउत सँग संझौता गरेको भन्द अध्यक्ष लोहनीले सरकारल आफ्नै कारणले चौतर्फी रुपमा असफल भएको बताए ।

त्यस्तै गरि अर्का अध्यक्ष पशुपति पशुपतिशम्शेर जबराले सरकारको पछिल्लो रवैयाको विश्लेषण गर्दै सरकारले केन्द्रको भ्रष्टाचार गाउँ गाउँ पुर्याएउनुको अलावा भ्रष्टाचारबाट डुङडुङ गनाएको बताउँदै कांंग्रेस र कम्युनिष्टहरुले हिन्दु राष्ट्रको पहिचान मेटेर अन्याय गरेको राणाले बताए । नेपालको मौलिक पहिचान पूर्नस्थापना हुनुपर्दछ भन्दै राणाले भने, ‘हिन्दु राष्ट्रको पहिचान कायम गर्नलाई हामी आन्दोलन समेत गर्न तयार छौं । त्यस्तै राप्रपा सँगको एकताको प्रश्नमा दुवै अध्यक्षले अब आफूहरुले कहिले नछुट्टिने गरी पार्टी एकीकरण गरेको र अव दुवै अध्यक्ष मिलेरै देशमा हिन्दू राज्यको पक्षमा जनमत तयार गर्ने दाबी गर्दै हामी हाम्रो मूल्य मान्यतासँग मिल्ने सबैसँग एकता गर्न तयार छौं । यसक्रममा हलो स्वीकार गर्छन् कमल थापा नेतृत्वको राप्रपासंग समेत एकता शसन सक्ने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।